धेरै राजशव वुझाउने सहकारीहरु सम्मानित
विदुर-नुवाकोटको विदुरमा सवैभन्दा धेरै राजश्व वुझाउने सहकारी छनौट गरि सम्मानित गरिएको छ । विदुर नगरपालिकाले नगरभित्रका सहकारीहरुमधये धेरै राजश्व वुझाउने सहकारीलाई समानित गरेको हो ।
गत आर्थिक वर्ष २०८०/०८१ मा पेश भएको लेखापरिक्षण प्रतिवेदनको आधारमा सबैभन्दा बढी राजश्व दाखिला गर्ने ६ सहकारी सस्थालाई छनौट गरि सोमवार आयोजित कार्यक्रममा सम्मान पत्र प्रदान गरिएको हो । विदुर नपा ४ मा रहेको लायन वचत तथा ऋण सहकारी, वट्टार सहकारी, ग्लोवल उपभोक्ता सहकारी, विदुर ९ मा रहेको सारथी वचत तथा ऋण सहकारी, सहयोगी वहुउद्धेश्यीय सहकारी र अजम्वरी साना किसान कृषि सहकारी संस्थालाई सम्मापत्रसहित सम्मान गरिएको हो ।
सहकारीहरुलाई उपमेयर प्रभा प्रभा बोगटी, विदुर १ का वडाध्यक्ष लेनिन रञ्जित, ९ का वडाध्यक्ष हरेराम भण्डारी, ११ का वडाध्यक्ष बाबुराम तामाङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, सहकारी शाखाकी प्रमुख नानीमैया नेपाललगायतले टिका लगाउनुका साथै सम्मानपत्र प्रदान गरेर सम्मानित गरेका हुन् । कार्यक्रममा सम्वन्धित सहकारीका अधयक्ष, व्यवस्थापक तथा प्रतिनिधिलाई सम्मानपत्र प्रदान गरिएको हो ।
सहकारी संस्थालाई सम्मानित गर्दै विदुर नपाकी उपमेयर प्रभा वोगटीले सहकारीको संरक्षण र सम्वद्र्धन गरि साना वचतकर्ताको आयआर्जन वढाउने उद्धेश्यमा विदुर नपा रहेको र त्यसकै प्रोत्साहन स्वरुप धेरै राजशव वुझाउने सहकारीहरुलाई छनौट गरेर सम्मानित गरिएको वताइन् । निमित्त प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेलले सहकारीले विद्यि, विद्यान र कानुन अनुसार वचत सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको र सेवालाई प्रभावकारी, व्यवस्थित र विस्वासिलो वनाउन सुझाव दिए ।
बिदुर नगरपालिकामा कार्यक्षेत्र रहेर ११४ सहकारी संस्थाले सेवा प्रदान गरिरहेका छन् । सहकारी प्रोत्साहनका विभिन्न कार्यहरु निरन्तर गरिने विदुर नपाले जनाएको छ ।












































