राप्रपाले ग¥यो विदुरमा प्रदर्शन
विदुर–राप्रपाले जुलुश र धर्नासहित नुवाकोटको विदुरमा प्रदर्शन गरेको छ । देश समस्यामा परेको र यसको विकल्प आवस्यक भएको राप्रपाले दावी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटमा ज्ञापनपत्र बुझाएका छन् । नवीन समझदारीको माग गर्दै ज्ञापनपत्र बुझाउनु अगाडि विदुरमा जुलुश र धर्ना दिएको हो ।
राप्रपाका सहमहामन्त्रि झनकवहादुर प्याकुरेलको नेतृत्वमा नेता, कार्यकर्ता, शुभचिन्तकहरुको जुलुशले विदुरमा ज्ञापनपत्र वुझाउनु अगाडि धर्ना र सदरमुकाम विदुरमा प्रदर्शनहरुसमेत गरिएको जिल्ला अध्यक्ष कुलवहादुर खड्गीले बताए । राप्रपाले गत चैत्र १५ गते तीनकुने घटनाको न्यायिक छानबिन हुनुपर्ने, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित बन्दी बनाइएकाहरुलाई बिना शर्त रिहाई हुनुपर्नेे माग गरेको छ ।
यस्तै, देशलाई नवीन समझदारीको दिशामा लैजानुपर्नेलगायतका राजनीतिक, सामाजिक र जनजीविकाका विविध विषयलाई लिएर राप्रपा नुवाकोटसहित देशैभर सडकमा उत्रिएको राप्रपा वागमति प्रदेशका प्रवक्ता विष्णुप्रसाद सापकोटाले बताए । राप्रपाले वर्तमान संविधान र गणतन्त्रको विरोध गर्दै आइरहेको छ ।
राप्रपाले हिन्दु राष्ट्रको पक्षमा सशक्त आन्दोलनको बलियो आधार तयार पार्दै गइरहेको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले बताए । वार्तामार्फत समस्याको समाधान गरिनु पर्ने पक्षमा राप्रपा रहेको उनको भनाई छ ।











































