सर्वाधिक राशीको राष्ट्रिय भलिवल प्रतियोगिता सम्पन्न
विदुर–भलिवल खेलको विकास तथा खेलाडि पहिचानका लागि नुवाकोटको म्यागङमा सन्चालित राष्ट्रियस्तरको भलिबल प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ । सो प्रतियोगिताका विजेताले सर्वाधिक राशीको पुरस्कार हात पारेका छन् ।
म्यागङ गाउँपालिकाको आयोजनामा सन्चालित तेश्रो अध्यक्ष कप राष्ट्रिय भलिवल प्रतियोगितामा स्याङ्जाको चापाकोट नगरपालिकाले उपाधि जितेको छ । चापाकोटले सोझो सेटमा आफ्नै गृहजिल्लाको वालिङ नपालाई पराजित गरि उपाधि चुमेको हो ।
प्रतियोगिताको फाइनल खेलमा चापाकोटले वालिङलाई २५–१६, २५–१२ र २५–१८ को सोझो सेटमा पराजित गरि उपाधि उचालेको हो । यहि वैशाख ७ गते आइतवारदेखि सन्चालित सो प्रतियोगितामा विभिन्न जिल्लाका १५ स्थानीय तहका खेलाडिहरुको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेता तथा उपविजेतालाई वागमति प्रदेशका मुख्यमन्त्रि वहादुरसिंह लामातामाङले पुरस्कृत गरे । उनले खेल गतिविधिले मानव जीवनलाई शारिरीक, मानसिक र स्वास्थ्यका रुपमा योगदान पु¥याउने भएका कारण यसलाई तीनै तहको सरकारले प्राथमिकतामा राखेको वताए ।
यस प्रतियोगिताले खेलाडिहरुको पहिचान र खेलकुदको सम्वद्र्धनमा मद्धत पुगेको वताए । उनले खेल प्रवद्र्धन र खेलाडि पहिचानमासमेत मछत पुगेकोमा आयोजकको प्रशंसा गरे ।
“राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने मुला नाराका साथ सन्चालित सो प्रतियोगिता नुवाकोटको म्यागङ गापा ५ सामरी खेल मैदानमा सम्पन्न भएको हो । प्रतियोगितामा विभिन्न जिल्लाका १५ स्थानीय तहका भलिवल टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिता समापन कार्यक्रममा आयोजक म्यागङ गापा अध्यक्ष आशावहादुर तामाङ, उपाध्यक्ष सीता वाइवा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङलगायतले यस प्रतियोगिताले खेल पर्यटनलाई मद्धत पु¥याएको वताए । प्रतियोगिता म्यागङ ५ सामरीस्थित जालपादेवी मन्दिर खेल मैदानमा गरिएको थियो ।
म्यागङ गापा अध्यक्ष आशावहादुर तामाङले ऐतिहासिकस्थलमा सामरीको जालपा मन्दिर परिसरमा तेश्रो संस्करणको राष्ट्रियस्तरको भलिबल प्रतियोगिता सन्चालन गरिएको र यसवाट खेल र खेलाडिहरुको स्तर विकास हुने वताए । उनका अनुसार पृथ्वीनारायण शाहले नेपाल एकीकरणको समयमा सो मन्दिरमा पुजाआजा गरी नुवाकोट विजय हासिल गरेको हुनाले उक्त स्थानमा तेस्रो संस्करणको राष्ट्रिय भलिबल प्रतियोगिता सन्चालन गरिएको हो ।
उपाध्यक्ष सीता वाइवाले यसले खेल र खेलाडिहरुको स्तर उकास्न योगदान दिएको वताइन् । म्यागङ गापाले प्रतियोगितालाई व्यवस्थित र मर्यादित गर्दै राष्ट्रिय खेल भलिबल खेलको प्रबद्र्धनको लागि अपनत्व लिँदै आईरहेको उपाध्यक्ष वाइवाले बताइन् ।
प्रतियोगितामा प्रथम भएको चापाकोट नगरपालिकाले नगद ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार थापेको छ । प्रत्येक विद्यामा विजेता खेलाडिहरुलाई नियम अनुसार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा द्वितीय भएको वालिङ नपाले नगद २ लाख २ हजार २ सय २२ रुपैयाँ र तृतीय भएको ओखलढुंगाको चम्पादेवीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । तृतीय भएको चम्पादेवीले धादिङको खनियावासलाई २५–२३, २५–२२, २२–२५ र २५–१८ को सेटमा पराजित गरेको हो ।
प्रतियोगितामा विजेता चापाकोट नपाका सन्जोग परियारले उत्कृष्ट खेलाडी, तृतीय स्थान जितेको चम्पादेवीका शसिस मगरले उत्कृष्ट स्पाइकर, उपविजेता भएको वालिङका भुपेन गुरुङले वेष्ट सर्भर, चापाकोटका राजन दर्लामीमगरले वेष्ट लिवेरो, वालिङका सुदीप रानामगरले वेष्ट लिफ्टर, सोही नपाका विप्सन शाहीठकुरीले वेष्ट व्लकर र चापाकोटका अमृत केसलिे उत्कृष्ट कोचको पुरस्कार थापे ।
यस प्रतियोगिताले खेल पर्यटनमा सहयोग पु¥याएको सहआयोजक म्यागङ गाउँपालिका युवा क्लबका अध्यक्ष विजय गुरुङले जानकारी दिए । उनका अनुसार यस प्रतियोगितालाई आगामी वर्षसमेत निरन्तरता दिइने छ ।











































