लेक लागेर युवकको ज्यान गयो
शवको अन्तिम संस्कार
विदुर–नुवाकोटको दुप्चेश्वरमा लेक लागी एक जना भरियाको ज्यान गएको छ । शव परिवारको जिम्मा लगाई अन्तिम संस्कार गरिएको छ ।
दुप्चेश्वर गाउँपालिका १ भन्ज्याङस्थित स्थानीय एक गेष्ट हाउसमा वास वसेका वेला लेक लागेर रसुवाको नौकुण्ड गाउँपालिका–५ का ४५ वर्षिय सुम्बा घलेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । गोसाईकुण्डदेखि घ्याङफेदी भारी बोकेर पैदलै आउने क्रममा स्थानीय गेष्ट हाउसमा बास बसेका वेला लेक लागेर घलेको मृत्यु भएको प्रहरी नायव उपरिक्षक विक्रम गुरुङले जानकारी दिए ।
घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भइरहेको छ । शव आवस्यक प्रक्रिया पुरा गरेर अन्तिम संस्कारका लागि परिवारजनको जिम्मा लगाइएको छ ।











































