बट्टारमा तरकारी संकलन केन्द्र निर्माण सुरु

विदुर–नुवाकोटको वट्टारमा किसानहरुका लागि तरकारी संकलन केन्द्रको निर्माण सुरु गरिएको छ । यसको शिलान्याससंगै निर्माण कार्य सुरु भएको हो ।
सघन शहरी तथा भवन निर्माण आयोजनामार्फत विदुर नगरपालिका २ वट्टारमा तरकारी संकलन केन्द्र (हाटबजार)को उपप्रधान तथा सहरी विकासमन्त्रि प्रकाशमान सिंहले शिलान्यास गरे । शिलान्याससंगै तरकरी संकलन केन्द्रको निर्माण कार्य सुरु भएको हो ।
क्ुल दुई करोड १२ लाख ६७ हजार आठसय ३७ रुपैयाको लागतमा दुई वटा भवन निर्माण गरिने सम्झौता अनुसार निर्माण कार्य भइरहेको छ । सो निर्माण कार्य आगामी पुस २६ गते निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता रहेको छ ।
एकिकृत सहरी पुर्वाधार विकास कार्यक्रम अन्र्तगत नुवाकोटमा एकै पटक तरकारी संकलन केन्द्रका साथै सडक निर्माण, वडा कार्यालय, पार्क र सार्वजनिक शौचालय निर्माण हुने भएको छ । सवै आयोजनको एकमुष्ठ लागत कुल लागत १६ करोड रुपैया रहेको छ ।
तरकारी संकलन केन्द्रको शिलान्यास गर्दै प्रमुख अतिथी तथा उपप्रधान तथा सहरी विकासमन्त्रि प्रकाशमान सिंहले किसानहरुको संरक्षण तथा प्रोत्साहनका लागि यस प्रकारका कार्यक्रम सन्चालन गरिएको उल्लेख गर्दै यसले स्वरोजगार तथा आयआर्जनमा मद्धत पुग्ने वताए । उनले किसानले अर्गानिक तथा ताजा तरकारी उत्पादन गरेर यसमा लगेर विक्रि वितरण गर्न सक्ने वताए ।
कार्यक्रममा बागमती प्रदेसका मुख्यमन्त्री बहादुरसिंह लामातामाङले आयातलाई वन्द गर्न स्थानीय उत्पादन र वजारीकरण महत्वपुर्ण रहेको वताए । उनले तरकरी संकलन केन्द्रमा किसानहरुले मौसमी तथा वेमौसमी तरकारी उत्पादन गरेर राखेमा वजारीकरणको समस्या नै नपर्ने वताए ।
विदुर नपाका मेयर राजन श्रेष्ठले वट्टार नुवाकोटकै मुख्य वजार रहेको र तरकारी संकलन केन्द्र निर्माणसंगै नुवाकोटकका अन्य स्थान तथा रसुवा र काठमाडौंसमेत तरकारी निर्यात गर्न सकिने वताए । उनले गुणस्तरिय, टिकाउ निर्माण गरेर समयमै केन्द्र सम्पन्न गर्न निर्माण पक्षलाई आग्रह गरे ।
सघन शहरी तथा भवन निर्माण आयोजनामार्फत विदुर नपामा सञ्चालित विभिन्न योजनाहरु मध्ये उक्त तरकारी संकलन केन्द्र (हाटबजार)को लागी जग्गा पहिचान र प्राप्तिपछि निर्माण कार्य सुरु भएको हो । यसअघि उक्त केन्द्र विदुर–४ हावाघरमा निर्माण गर्ने योजनासहितको तयारी अगाडि बढाइएकोमा उक्त स्थानमा जग्गा प्राप्तीलगायतका प्राविधिक समस्याको कारण आयोजना नै प्रभावित हुने अबस्थामा पुगेपछि नयाँ स्थानको रुपमा विदुर–२ वट्टारमा स्थान्तरण गरेर हाटबजार निर्माण कार्र्य सुरु गरिएको हो ।