तीन दिनदेखि हराइरहेकी वृद्धा मृत भेटिइन्
विदुर–छोरीको घर जान्छु भनेर आफ्नो घरवाट निस्केकी नुवाकोटको खानीगाउंकी एक वृद्धको शव तीन दिनपछि भेटिएको छ । प्रहरीले विशेष रुपमा अनुसन्धान सुरु गरेको छ ।
बिदुर नगरपालिका १२ खानीगाँउकी ८२ वर्षिया कान्छी तामाङ छोरीको घर जान्छु भनेर शनिवार घरवाट निस्केकोमा उनको शव तीन दिनपछि रहस्यमय रुपमा फेला परेको छ । उनी सम्पर्कविहीन भएपछि परिवारजन तथा आफन्तहरुले खोजतलास गर्ने क्रममा चारघरेको गौरीबेसीस्थित पानी नहरको छेउमा सोमवार शव फेला परेको जिल्ला प्रहर िकायाउलय नुवाकोटले जनाएको छ ।
वृद्धा तामाङले लगाएको १ जोर कालो रङको चप्पल, हरियो रङको झोला, लठ्ठि फेला परेपछि प्रहरी चौकी देवीघाट र विदुरस्थित प्रहरी कार्यालयबाट प्रहरीको टोली खटेर थप खोजतलास गर्दा सोमवार वेलुकी उनको सामान फेला परेको स्थानदेखि पांचसय मिटर दक्षिणमा मृत अवस्थामा शव फेला परेको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।
उनका अनुसार प्रहरीले विशेष रुपमा घटनाकको थप अनुसन्धान गरिरहेको छ । उनको शव पोष्टर्माटमको लागि त्रिशूली अस्पतालमा राखिएको छ ।











































