व्याडमिन्टन कभर्ड हल हस्तान्तरण
-खेलाडीहरुलाई सुविधा
विदुर–नुवाकोटको वट्टारमा आधुनिक कभर्ड हल निर्माण गरिएको छ । भवनको शुक्रवार हस्तान्तरण गरिएको छ ।
खेल क्षेत्रको विकास र खेलाडिहरुको सम्वद्र्धनका लागि नुवाकोटमा व्याडमिन्टन कभर्ड हलको निर्माण सम्पन्न भएको छ । जिल्लामा आधुनिक पक्कि र व्याडमिन्टन प्रतियोगिता गर्नका लागि व्याडमिन्टन कभर्ड हलको आवस्यकता ठहर गरेर निर्माण गरिएको हो ।
विदुर नपा २ नागटारीमा तीन रोपनी क्षेत्रफलको जग्गामा आधुनिक कभर्ड हलको निर्माण पुरा भएसंगै हस्तान्तरण गरिएको छ । कुल दुई करोड ४२ लाख ३१ हजार ६ सय सात रुपैयाको लागतमा ब्याडमिन्टन कभर्ड हलको निर्माण गरिएको हो । 

सो भवन र भवनको स्वामित्व विदुर नगरपालिका अन्र्तगत रहने गरि सामाजिक विकास कार्यालयका प्रमुख लोकवहादुर वाइवाले विदुर नपाका मेयर राजन श्रेष्ठलाई लिखित सम्झौतासहित हस्तान्तरण गरे । प्रमुख वाइवाले भवनको प्रभावकारी रुपमा सदुपयोग गरेर खेल गतिविधि गर्न सुझाव दिए ।
ब्याडमिन्टन कभर्ड हलको स्वामितव ग्रहण गर्दै मेयर श्रेष्ठले खेल, खेलाडि तथा खेल संरचनाको विकासमा नपाले विशेष कार्यक्रम सन्चालन गर्ने वताए । काठमाडौसंग जोडिएको नुवाकोटमा राष्ट्रियस्तरको खेलाडि उतपादन गर्ने नपाको योजना रहेको पनि मेयर श्रेष्ठको भनाई छ ।
व्याडमिन्टन कभर्ड हलको निर्माणले खेल गतिविधि गर्न मद्धत पुगेको विदुर नपाका मेयर श्रेष्ठले वताए । उनले भवनको स्वामित्व अनुसार विदुर नपाले खेल गतिविधि गर्ने र यसलाई प्रोत्साहन गर्ने प्रतिवद्धता जनाए । 

नुवाकोट ब्याडमिन्टन संघका अध्यक्ष धनसिंह तामाङले ब्याडमिन्टन कभर्ड हल निर्माणले खेलाडिहरु निकै उत्साहित भएको र सो हलमा जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरको व्याडमिन्टन प्रतियोगिता गर्न सुविधा भएको वताए ।
पहिलो चरणमा ब्याडमिन्टन कभर्ड हलको लागि जग्गा सम्याएर सुरु गरिएको कभर्ड हल विभिन्न चरण हुदै सम्झौता गरिएको ११ महिनामै निर्माण सम्पन्न भएको हो । सो कभर्ड हलका लागि वागमति प्रदेश सरकार, विदुर नपा, अन्य निकाय तथा खेलप्रेमी उपभोक्ताको सहयोगमा निर्माण गरिएको हो ।











































