दुप्चेश्वरलाई अध्यक्ष कप भलिवल प्रतियोगिताको उपाधि

नगद पुरस्कार प्रदान, खेल पर्यटनमा जोड
लोकखबर
२०८२ बैशाख २०, शनिबार २१:५८

विदुर–खेल पर्यटनमा जोड दिदै नुवाकोटको पञ्चकन्या गाउँपालिकामा सन्चालित चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता सम्पन्न भएको छ । पञ्चकन्या गापाको आयोजनामा अन्तरपालिका स्तरिय चौथो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको सम्पन्न भएको हो ।
पन्चकन्या –४ थप्रेकस्थित पर्यटकिय घ्याङस्वारामा सन्चालित उक्त प्रतियोगिताको शनिवार भएको फाइनल खेलमा दुप्चेश्वर गापाले उपाधि जितेको छ । दुप्चेश्वरले घरेलु टिम पन्चकन्या ए लाई लगातार सोझो सेटमा पराजित गरेको हो ।
उपाधिसंगै दुप्चेश्वरले नगद एकलाख ५० हजारका साथ .शिल्ड, मेडल र प्रमाणपत्र थापेको छ । उपविजेता पन्चकन्या ए ले नगद ७५ हजारका साथ .शिल्ड, मेडल र प्रमाणपत्र पाऐको छ ।
तेश्रो भएको तादी गाउंपालिका भलिवल टिमले नगद ४० हजारका साथ .शिल्ड, मेडल र प्रमाणपत्र थापेको छ । सान्त्वना भएको पन्चकन्या वि ले नगद १५ हजारका साथ .शिल्ड, मेडल र प्रमाणपत्र पाऐको छ ।
तीन दिनसम्म सञ्चालन भएको आयोजक पन्चकन्या गापा अध्यक्ष तेजवहादुर तामाङ रमेशको भनाई छ । प्रतियोगितामा नुवाकोटका सात वटा स्थानीय तहका आठ वटा भलिवल टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा दुप्चेश्वरका राजीव कडेलले उत्कृष्ट खेलाडि, पन्चकन्या ए का अविशेक ठकुरीले वेष्ट स्पाइकर, सोही टिमका सन्जय शाही ठकुरीले वेष्ट सर्भर, दुप्चेश्वरका भिक्टर तामाङले वेष्ट लिभ्रोको पुरस्कार जिते । प्रतियोगिताका विजेता तथा उपविजेतालाई वागमति प्रदेश सभा सदस्य तथा कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले पुरस्कृत गरे ।
उनले नुवाकोटमा खेल क्षेत्रको विकासवाटै खेलाडिहरुको उत्थान, प्रवद्र्धन र संरक्षण हुने वताए । भलिवल खेलमा अधिकांश युवा समुदायको सहभागिता रहेकोले यसले युवा शक्तिको शारिरीक, मानसिक तथा व्यक्तित्वमा विकाससमेत हुने उनले वताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले खेलले मानवलाई अनुशासति र सकारात्मक वनाउने वताए । तीन दिनसम्म सन्चालन भएको प्रतियोगिता घ्याङस्वारा शहीद स्मारक पर्यटकीय पार्क तथा खेलमैदानमा सम्पन्न भएको हो ।
पर्यटन प्रवद्र्धनका कारण चर्चामा रहेको घ्याङस्वारा खेलकुद, सामाजिक गतिविधि तथा विभिन्न कार्यक्रमको केन्द्र बन्दै गएको प्रतियोगिता आयोजक पन्चकन्या गापा अध्यक्ष तेजबहादुर तामाङ रमेशले बताए । उक्त स्थानमा खेललगायत अन्य गतिविधिलाई निरन्तरता दिइने उनले वताए ।
समापन कार्यक्रममा तादी गापाका अध्यक्ष शन्तमान तामाङ, दुप्चेश्वर गापाका अध्यक्ष शंकरवहादुर थापा, सहभागी विभिन्न गाउँपालिकाका प्रमुख, उपप्रमुख, जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, खेलाडी तथा सर्वसाधारणको सहभागिता रहेको थियो । प्रतियोगिताले खेलकुदको माध्यमबाट अन्तरपालिका समन्वय, सद्भाव, खेल पर्यटनमा मद्धत पुग्ने पन्चकन्या गापा उपाध्यक्ष विमला केसीले वताइन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको