ग्रामीण महिला जिवीकोपार्जन कार्यक्रम
आयआर्जनमा जोड
विदुर–महिलाहरुलाई आयआर्जनमा जोड दिदै नुवाकोटको तारकेश्वर गाउँपालिकाले महिला जिवीकोपार्जन कार्यक्रम सन्चालन गरेको छ । यस सम्वन्धमा महिलाहरुलाई अभिमुखिकरण कार्यक्रमसमेत गरिएको छ ।
तारकेश्वर गापा ४ बुधसिंङमा महिला स्वावलम्बन तथा जीविकोपार्जन सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको हो । यससँगै आगामी आवको बजेटबारे अन्तक्र्रियासमेत गरिएको छ ।

विभिन्न आमा समूहहरूको सहभागिता रहेको कार्यक्रममा प्रभावकारी वनाइने तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी अविरलले वताए । उनले महिला स्वावलम्बन र सशक्तीकरणलाई विशेष प्राथमिकतामा राखेर गापाले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए ।
उनले महिला सशक्तीकरणका लागि सीप विकास र दक्षता अभिवृद्धि गर्दै जीविकोपार्जनमा सबल बनाइने बताए । आमा समूहहरूसँगको अन्तक्र्रियामा अध्यक्ष अधिकारीले आगामी बजेटका लागि नयां सोचका साथ सीप, दक्षता र उद्यमशीलता प्रवद्र्धनका कार्यक्रमहरू समेटेर सुझाव प्रस्तुत गर्न आग्रह गरे । 

यस्ता कार्यक्रमलाई प्रभावकारी र नतिजामुखी बनाउन आमा समूहहरूको भूमिका महत्वपूर्ण हुने उनले वताए । ग्रामीण विकास र परिवर्तनमा महिलाहरुको विशेष भुमिका रहने उनको ठहर छ ।











































