बट्टारमा व्याडमिन्टन कभर्ड हल उद्घाटन

खेल पर्यटनमा मुख्यमन्त्रिको जोड
लोकखबर
२१ बैशाख २०८२, आईतवार १९:५६

विदुर–खेल पर्यटन र शारिरीक तन्दुरुस्तीमा जोड दिदै नुवाकोटको बट्टारमा निर्माण गरिएको व्याडमिन्टन कभर्ड हलको उद्घाटन गरिएको छ । यसवाट खेलाडिहरु निकै उत्साहित भएका छन् ।
विदुर नगरपालिका २ नागटारीमा निर्मित आधुनिक सुविधायुक्त कभर्ड हलको आइतवार वागमति प्रदेशका मुख्यमन्त्रि वहादुरसिंह लामा तामाङले उद्घाटन गरे । उनले अव नेपालमा खेल पर्यटनलाई वढोत्तरी दिनुपर्ने समय आएको वताए ।

खेल पर्यटनवाटै देशमा आर्थिक गतिविधिसमेत वढ्ने र पर्यटन प्रवद्धैनमा मद्धत पुग्ने लामाले वताए । मुख्यमन्त्रिले आधुनिक कभर्ड हलको प्रभावकारी रुपमा सदुपयोग गरि खेल गतिविधिलाई वढाउन सम्वन्धित निकायलाई सुझाव दिए ।

तीन रोपनी क्षेत्रफलको जग्गामा आधुनिक कभर्ड हलको निर्माण सम्पन्न भएसंगै उद्घाटन गरिएको हो । कुल दुई करोड ४२ लाख ३१ हजार ६ सय सात रुपैयाको लागतमा ब्याडमिन्टन कभर्ड हलको निर्माण गरिएको हो ।
आधुनिक कभर्ड हलमा व्याडमिन्टनका सम्पुर्ण स्पर्धा गराउन मिल्ने र त्यसमा आवस्यक सवै संरचना निर्माण गरिएको भवनको स्वामित्व लिएको विदुर नगरपालिकाले जनाएको छ । सो कभर्ड हलमा स्थानीय, प्रदेश तथा राष्ट्रियस्तरका सवै प्रतियोगिता गरिने लक्ष्य रहेको छ ।

कभर्ड हल उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरी,  विदुर नपाका मेयर राजन श्रेष्ठ, म्यागङ गापा अध्यक्ष आशावहादुर तामाङ, पन्चकन्या गापाका अध्यक्ष तेजवहादुर तामाङ रमेश, म्यागङकी उपाध्यक्ष सीता वाइवा, पन्चकन्याकी उपाध्यक्ष विमला केसी, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, विदुर २ का वडाध्यक्ष दीपक कायस्थ, ११ का वडाध्यक्ष वावुराम लामालगायत खेलप्रेमी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
कभर्ड हल निर्माणसंगै व्याडमिन्टन खेलका खेलाडीहरुलाई सुविधा पुगेको विदुर नपाकान मेयर राजन श्रेष्ठले वताए । उनले कमर्ड हलको सदुपयोग गरेर खेल गतिविधि सन्चालन गर्न नगर तथा जिल्ला खेलकुद विकास समितिलाई सुझाव दिए ।

खेल क्षेत्रको विकास र खेलाडिहरुको सम्वद्र्धनका लागि नुवाकोटमा व्याडमिन्टन कभर्ड हलको निर्माण गरिएको हो । जिल्लामा आधुनिक पक्कि र व्याडमिन्टन प्रतियोगिता गर्नका लागि व्याडमिन्टन कभर्ड हलको आवस्यकता ठहर गरेर निर्माण गरिएको र यसवाट खेलाडिहरु निकै खुसी भएको जिल्ला खेलकुद विकास समिति नुवाकोटका अध्यक्ष विजय गुरुङले वताए ।

नुवाकोटको व्याडमिन्टन कभर्ड हल निर्माणमा सहयोग पु¥याउनेहरुलाई मुख्यमन्त्रि लामाले सम्मान गरे । भवनका लागि जग्गा उपलव्ध गराएको वाराही सामुदायिक वनका अध्यक्ष भुवनलाल राजभण्डारीलाई सम्मान पत्र प्रदान गरेर सम्मानित गरिएको छ ।

भवनको निर्माण तोकिएको समय भन्दा अगावै सम्पन्न गरेको कारण  रत्न/सन्तोषी जेभी विदुर ५ पिपलटारलाई आयोजकका तर्फवाट मुख्यमन्त्रि लामाले कदरपत्र प्रदान गरे ।

सो भवन र भवनको स्वामित्व विदुर नगरपालिका अन्र्तगत रहने गरि सामाजिक विकास कार्यालयका प्रमुख लोकवहादुर वाइवाले विदुर नपाका मेयर राजन श्रेष्ठलाई लिखित सम्झौतासहित हस्तान्तरण भइसकेको छ ।
ब्याडमिन्टन कभर्ड हलको स्वामित्व विदुर नपामा आएपछि मेयर श्रेष्ठले खेल, खेलाडि तथा खेल संरचनाको विकासमा नपाले निरन्तर र विशेष कार्यक्रम सन्चालन गर्ने वताए । काठमाडौसंग जोडिएको नुवाकोटमा राष्ट्रियस्तरको खेलाडि उत्पादन गर्ने नपाको योजना रहेको पनि मेयर श्रेष्ठको भनाई छ ।

व्याडमिन्टन कभर्ड हलको निर्माणले खेल गतिविधि गर्न मद्धत पुगेको छ । नुवाकोट ब्याडमिन्टन संघका अध्यक्ष धनसिंह तामाङले ब्याडमिन्टन कभर्ड हल निर्माणले खेलाडिहरु निकै उत्साहित भएको र नवनिर्मित हलमा जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरको व्याडमिन्टन प्रतियोगिता गर्न सुविधा पुगेको वताए ।

पहिलो चरणमा ब्याडमिन्टन कभर्ड हलको लागि जग्गा सम्याएर सुरु गरिएको कभर्ड हल विभिन्न चरण हुदै सम्झौता गरिएको ११ महिनामै निर्माण सम्पन्न भएको हो । सो कभर्ड हलका लागि वागमति प्रदेश सरकार, विदुर नपा, अन्य निकाय तथा खेलप्रेमी उपभोक्ताको सहयोगमा निर्माण सम्पन्न गरिएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*