राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु
एकसय सय जना खेलाडि दोश्रो चरणमा प्रवेश
विदुर–खेल क्षेत्रको विकास र विस्तारका लागि नुवाकोटको बट्टार प्रथम मुख्यमन्त्रि कप राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । सो प्रतियोगिताको पहिलो दिन एकसय जना खेलाडिहरुले दोश्रो चरणमा प्रवेश गरेका छन् ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ नुवाकोटमै पािलो पटक जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ सुरु भएको हो । प्रतियोगिताको वागमति प्रदेशका मुख्यमन्त्रि वहादुरसिंह लामातामाङले उद्घाटन गरे । 

उनले खेलाडिहरुको पहिचान र क्षमता प्रदर्शनमा प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने वताए । खेलवाट खेलाडिहरुको शारिरीक, मानसिक स्थिति मजवुत हुनुका साथै खेलकुद गतिविधि चलायमान भएकोसमेत वताए ।
यहि वैशाख २३ गतेसम्म सन्चालन नवनिर्मित व्याडमिन्टन कभर्ड हलमा हुने प्रतियोगितामा पांचसय जना खेलाडिहरुको सहभागिता रहेको नुवाकोट व्याडमिन्टन संघका अध्यक्ष धनसिंह तामाङले वताए । उनका अनुसार विभिन्न सात इभेण्टमा प्रतियोगिता गराइने छ ।

प्रतियोगितामा पुरुष जोडी, भेट्रान्स पुरुष, जिल्लाभित्रका खुल्ला पुरुष जोडी, जिल्लाभित्रका वि लेभलका खुल्ला पुरुष जोडी, छात्रछात्रातर्फको अण्डर १५, पुरुषहरुतर्फको मिक्स डवल इभेण्टमा खेल खेलाइने आयोजकले जनाएको छ । टिम दर्ताका लागि छात्रछात्रातर्फको अण्डर १५का लागि पांचसय, जिल्लाभित्रका वि लेभलका खुल्ला पुरुष जोडी र जिल्लाभित्रका खुल्ला पुरुष जोडीका लागि एकहजार पांचसय र अनय विद्याका लागि दुई हजार रुपैया दर्ता शुल्क कायम गरिएको थियो ।
प्रतियोगितामा पुरुष जोडीतर्फका विजेताले ५० हजार, उपविजेताले ३० हजार, तृतीयले २० हजार, भेट्रान्स पुरुषतर्फ विजेताले ४० हजार, उपविजेताले २५ हजार, तृतीयले २० हजार, जिल्लाभित्रका खुल्ला पुरुष जोडीतर्फ विजेताले ३० हजार, उपविजेताले २० हजार, तृतीयले १० हजार, जिल्लाभित्रका वि लेभलका खुल्ला पुरुष जोडीतर्फ विजेताले २० हजार, उपविजेताले १५ हजार, तृतीयले १० हजार रुपैया प्रापत गर्ने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा छात्र÷छात्रातर्फको अण्डर १५ को दुवैतर्फका विजेताले १५ हजार, उपविजेताले १० हजार, तृतीयले ५ हजार र पुरुषतर्फको मिक्स डवल इभेण्टमा विजेताले ३० हजार, उपविजेताले २० हजार, तृतीयले १० हजार रुपैया नगदका साथ ट्राफि र प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछन् ।

उनका अनुसार प्रतियोगितामा छात्र÷छात्रातर्फको अण्डर १५ को दुवैतर्फका विजेताले १५ हजार, उपविजेताले १० हजार, तृतीयले ५ हजार र पुरुषतर्फको मिक्स डवल इभेण्टमा विजेताले ३० हजार, उपविजेताले २० हजार, तृतीयले १० हजार रुपैया नगदका साथ ट्राफि र प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिता अन्र्तगत मुख्यमन्त्रि वहादुरसिंह लामातामाङ, उनका सल्लाहाक विनोद शाह तथा पन्चकन्या गापाका अध्यक्ष तेजवहादुर तामाङ रमेश र विदुर २ का वडाध्यक्ष दीपक कायस्थवीचको खेलमा मुख्यमन्त्रिको जोडी विजयी भएको छ । प्रतियोगितामा ओलम्पिक खेलाडिको सहभागिता रहेको आयोजकले जनाएको छ । उक्त प्रतियोगिताको वागमति प्रदेश खेलकुद परिषद र विदुर नगरपालिका संरक्षक र नुवाकोट जिल्ला व्याडमिन्टन संघ सहआयोजक रहेको छ ।











































