जीर्ण पासाङल्हामु मार्ग पुर्ननिर्माणको लागि सरकारको ध्यानाकर्षण

२६ वटा सडक निर्माणका लागि वजेटसहित माग
देवचन्द्र भट्ट
२२ बैशाख २०८२, सोमबार २१:४४

विदुर–एक दशकदेखि जीर्ण रहेको पासाङल्हामु मार्ग पुर्ननिर्माण गरिनुपर्नेलगायतको माग राखी नुवाकोटवासीको तर्फवाट सरकारको ध्यानाकर्षण गराइएको छ । नुवाकोटको प्रमुख मार्गको रुपमा रहेको पासाङल्हामु मार्ग मर्मतका नाममा हालसम्म वेवारिसे वनेको कारण त्यसको पुर्ननिर्माणका लागि आवस्यक वजेट विनियोजन गर्न नेकपा एमाले नुवाकोटले सरकारसमक्ष माग गरेको छ ।
काठमाडौको वालाजुदेखि नुवाकोटको त्रिशूलीसम्म ७० किलोमिटर दुरीको उक्त सडकमार्गको पुर्ननिर्माण आवस्यक रहेको जनाउंदै सरकारको ध्यानाकर्षण गराइएको हो । ट्राउट हाइवे र पर्यटकिय ककनी हुदै जाने सो सडकमार्ग मर्मत र पुर्ननिर्माणका नाममा एक दशकदेखि जीर्ण र वेवारिसे रहेको छ ।
उक्त सडक वर्खामा हिलाम्मे र हिउंदयाममा धुलाम्मे हुंदा नुवाकोटका लाखौं जनता प्रताडित हुनुपरेको जनाउंदै उपप्रधान तथा अर्थमन्त्रि विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसमक्ष २६ वुंदे माग पेश गरेका छन् । नुवाकोटको परिवर्तन, विकास र समृद्धिका लागि नेकपा (एमाले)ले २६ वुंदे मागपत्र समवन्धित मन्त्रिसंग भेट गरेर वुझाएको हो ।
नुवाकोटको अधिकांश जनताको विकास र समृद्धिका लागि आवश्यक योजना समेटिएको उक्त मागपत्र एमाले नुवाकोटका इन्चार्ज तथा वागमति प्रदेशका पुर्व आन्तरिक मामिलामन्त्रि केशवराज पाण्डे र एमाले नुवाकोटका अध्यक्ष तथा वागमति प्रदेशका पुर्व कृषिमन्त्रि बद्री मैनालीलगायतको टोलीले मन्त्रीद्वय समक्ष जीर्ण पासाङल्हामु मार्गको पुर्ननिर्माणलगायतका विविध मागपत्र वुझाएका हुन् । मागपत्रमा नुवाकोटबाट पहिचान गरिएका महत्वपूर्ण पूर्वाधार तथा विकास योजना समावेश गरिएका छन् ।
नेपाल सरकारका उप–प्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई बुझाएको मागपत्रमा विभिन्न २६ वटा विकास निर्माणका कार्य नुवाकोटका लागि अपरिहार्य रहेको ठहर गर्दैै त्यसका दागि आवस्यक वजेट नै उल्लेख गरेर मागपत्र पेश गरेको हो । जसअन्र्तगत पासाङल्हामु मार्गको रानीपौवा–पिपलटार सडकखण्डका लागि एक अर्व ५० करोड, तीनपीपले–चाउथे–कुमरी–गल्छी सडकका लागि २० करोड, छहरे पुलदेखि राष्ट्रिय मावि हुदै पन्चकन्याको घ्याङस्वारा सडकका लागि २० करोड, वाहुनवेसी–नर्जा लच्याङ सोलमाने सरमथली यार्सा सडकका लागि २० करोड, ककनी भोट थानसिङ छहरे मध्यपहाडि लोकमार्ग जोड्ने सडकहरु स्तरोन्नतीका लागि २० करोड र वेलकोटगढी १२ र विदुर ५ स्थित तादी खोला पुल निर्माणका लागि २० करोड रुपैया आगाम िआव २०८२/०८३ को वजेटमा समावेश गर्न लिखित माग गरिएको छ ।
यसका साथै फाटापौवा–पांचमुरे मिलडांडा सेरा भन्ज्याङ चिम्टेश्वर सडकका लागि १५ करोड, वडहरे, खारेखोला, ढाडे, गैरीगाउं सडक कालोपत्रे, ढलान, ग्रावेल र पक्कि नाल िस्तरोन्नतीका लागि १० करोड, वोहोरे भन्ज्याङदेखि डिट्टास्वारा मनडाडा दनुस्वारा पाच्र्याङ रसुवा सडक स्तरोन्नतीका लागि १० करोड रुपैयाको वजेट मागसहित योजना आवस्यक रहेको माग गरिएको छ । यसका साथै तारुकाघाट सातदोवाटो भवनडांडा धादिङ सडकका लागि १० करोड, भन्ज्याङ शिवालय दोभान विदुर पक्कि सडकका लागि १० करोड र महभीर केरावारी कुवापानी कटुनजे सडकका लागि १० करोड रुपैया, ३४ किलो चिम्टेश्वर कोल्पुटार सडकका लागि सात करोड, गंगरिन भन्ज्याङ वालुवा भन्ज्याङ दुइकदम दोभाने सडकको लागि सात करोड रकम विनियोजन गर्न माग गरिएको छ ।
यसका साथै ११ वटा सडकहरुका लागि पांच/पांच करोेड र एक सडक योजनाका लागि तीन करोड रुपैया वजेट माग गरिएको छ । माग गरिएका योजनाको प्रभाव र प्राथमिकतालाई ध्यान दिइएको एमाले नुवाकोटकका अध्यक्ष मैनालीले बताए ।
उनका अनुसार मागलाई सकारात्मक लिदै उपप्रधान तथा अर्थमन्त्रि विष्णु पौडेल, भौतिक पुर्वाधार तथा यातायातमन्त्रि देवेन्द्र दाहालले माग र प्राथमिकतालाई अगाडि वढाउने प्रतिवद्धता जनाएका छन् । यसअघि मैनालीको नेतृत्वमा बागमती प्रदेश सरकारलाई समेत योजनाहरू पेश गरिसकेको छ ।

नुवाकोटको विकासका मुद्दामा उक्त माग नुवाकोटका लागि सकारात्मक अभ्यास भएको एमाले कन्द्रीय सदस्य केशवराज पाण्डेले वताए । उनले आर्थिक बर्ष २०८२/०८३ मा समग्र नुवाकोटको बिकास र सम्बृद्धिको लागि निकै महत्वपुर्ण र पर्यटकिय मार्ग पासाङल्हामु सडकमार्ग अन्तर्गत रानीपौवा – पिपलटार सडकखण्डलगायत नुवाकोटका २६ वटा सडक आयोजनाहरु संघीय सरकारले निमार्ण गर्नुपर्ने योजनाहरुको छनौट गरी उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल र भौतिक योजना तथा पुर्वाधार मन्त्री देवेन्द्र दाहाललाई नुवाकोटको बिकास र सम्बृद्धिको लागि अत्यावश्यक योजनाहरु समावेश गरी मागपत्र प्रस्तुत गरिएको वताए ।
दुबै मन्त्रीले माग गरिएका योजनाहरुलाई उच्च प्राथमिकतामा राखेर श्रोत र साधनले पुगेसम्म बजेटको सुनिश्चिता गरी आगामि आर्थिक बर्षको बजेटमा समावेश गर्ने प्रतिबद्धता ब्यक्त गरेको एमाले नुवाकोटका सचिवालय सदस्य दीपक कार्कीले जानकारी दिए । नुवाकोट मात्रै नभई पश्चिम वागमतिकै समग्र जनतालाई प्रत्यक्ष लाभ हुने ति सडकहरु निर्माण आवस्यक रहेको कार्कीको भनाई छ ।

 

 

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*