आदिवासी जनजाती लिखुको अधिवेसन

राइले पाए अध्यक्षको जिम्मा
लोकखबर
२०८२ बैशाख २६, शुक्रबार १९:२१

विदुर–नेपाल आदिवासी जनजाति महासङ्घ गाउँपालिका समन्वय परिषद् (नेफिन) लिखु नुवाकोटको प्रथम अधिवेशन सम्पन्न भएको छ । लिखु गाउँपालिका–४ चौघडामा अधिवेशन समपन्न भएको हो ।

अधिवेसनिले आगामी कार्यकालका लागि भोलाचन्द्र राईको अध्यक्षतामा १७ सदस्यीय समन्वय परिषद सर्वसम्मत रुपमा चयन गरेको छ । उपाध्यक्षहरुमा  क्रमशः विकास पुलामीमगर, डोलनारायण श्रेष्ठ, टलकमान घले, मखमली राई, सचिवमा रविना श्रेष्ठ (राई), रहेका छन् ।

चार सहसचिवमा क्रमशः विमला तामाङ, लक्ष्मी राई, विना राई, समिता राई, कोषाध्यक्षमा पूर्णबहादुर राई र सदस्यहरुमा जानुका थापामगर, प्रताप भुजेल, विष्णु राई, रामबाबु तामाङ, धीरज राई, लालबहादुर तामाङ निर्वाचित भएका छन् ।
 विद्यानअनुसार लिखु १ र ६ बाट २ सदस्यीय मनोनीत गर्न कार्यसमितिलाई जिम्मेवारी इिएको छ । यसअघि, अधिवेशनको उद्घाटन कार्यक्रममा लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले सामाजिक जागरणका लागि आदिवासी जनजातीहरु क्रियाशील हुनुपर्ने वताए ।
नेपालका प्रथम सहिद लखन थापामगरलगायत विभिन्न अधिकार प्राप्ति आन्दोलनमा सहिद भएका सम्पूर्णको स्मृतिमा केन्द्रीय सङ्ग्रहालय भवन बनाउन जग्गा खरिद गर्ने राष्ट्रियस्तरको अभियानमा नुवाकोटबाट पनि सहयोग सङ्कलन भइरहेको नेफिन नुवाकोटका अध्यक्ष तथा बागमती प्रदेश समितिका सचिवालय सदस्य भगवान रानामगरले जानकारी दिए ।


सर्वाधिक रुचाइएको