किसानहरुलाई रैथाने वाली प्रवद्र्धन कार्यक्रम
विदुर–आधुनिक प्रविधिमार्फत कृषिमा उत्पादनमा वृद्धि गर्ने उद्धेश्यले नुवाकोटको सूर्यगढी गाउँपालिकामा ’रैथाने बाली प्रवद्वर्न कार्यक्रम’ सन्चालन भएको छ । कार्यक्रमअन्तर्गत किसानहरुलाई आधुनिक कृषि उपकरणहरु प्रदान गरिएको छ ।
रैथाने बाली प्रवद्वर्न कार्यक्रम अन्र्तगत आधुनिक तरिकाले अग्र्यानिक खेति उत्पादनमा जोड दिइएको छ । किसानलाई उत्साह जगाउंदै छनोट भएका किसानहरूलाई आधुनिक कृषि उपकरणहरु प्रदान गरिएको सुर्यगढी गापा चोकदेले जनाएको छ ।
किसानहरुलाई २४ थान कम्बाइन मिल तथा मल्टीक्रप थ्रेसर सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले, उपाध्यक्ष मञ्जु बुढाथोकी (ढकाल)लगायतले हस्तानतरण गरे । अधयक्ष घलेले उत्पादन वढाई कृषिमा आत्मनिर्भर भई रैथाने वालीलाई प्रमुखता दिन किसानहरुलाई आग्रह गरे ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शैलेशकिरण राईचाम्लिङ, सम्बन्धित कृषि शाखाका प्रमुखसहित सर्वसाधारण, कर्मचारी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो । सुर्यगढीमा धान, मकै, गहुं, तरकारी तथा अन्य वालीहरु उत्पादन हुने गरेका छन् ।











































