संग्रहालयको सन्चालन तथा संरक्षणको कार्य
दीर्घकालीन संरक्षणमा जोड

विदुर-नुवाकोट टाकुरोमा निर्मित आधुनिक र पक्कि ऐहिासिक तथा पुरातात्वििक वस्तुको सङ्ग्रहालय सञ्चालनको तयारी गरिएको छ । यसका लागि प्राविधिक अध्ययन भएको छ ।
विदुर नगरपालिका–२ स्थित ऐतिहासिक नुवाकोट दरबार क्षेत्रमा निर्माण गरिएको पृथ्वीनारायण शाह सङ्ग्रहालय सञ्चालनको तयारीस्वरूप औपचारिक अध्ययन सुरु गरिएको हो । सो संग्रहालयक केहि वर्ष अगाडि निर्माण गरिए पनि सन्चालन हुन सकेको थिएन् । 

सन्चालन तथा संरक्षणको योजनासहित विदुर नपाका मेयर राजन श्रेष्ठको पहलमा सङ्ग्रहालय सञ्चालनका लागि पाटन सङ्ग्रहालयको संरचना डिजाइन गरिसकेका अष्ट्रियाली प्राविधिक र उनका नेपाली सहकर्मी भरत महर्जनको टोलीले प्राविधिक अध्ययन गरेका हुन् । सङ्ग्रहालयको वृहत तथा दीर्घकालीन संरक्षण र प्रवद्र्धनका लागि आवश्यक विस्तृत अध्ययन कार्य नगरपालिकाले अगाडि सारेको हो ।
विस्तृत अध्ययनबाट तयार भएकोे प्रतिवेदनका आधारमा जतिसक्दो चाँडो सङ्ग्रहालय सञ्चालनमा ल्याउने लक्ष्य लिइएको मेयर श्रेष्ठको भनाई छ । स्थानीय सात रोपनी क्षेत्रफलमा फैलिएको उक्त सङ्ग्रहालयको निर्माणमा ५ करोड २८ लाख लगानी गरिएको थियो । 

सो संग्रहालय सन्चालन गरिएपछि आन्तरिक तथा वाहय पर्यटकहरु आगमन हुने लक्ष्य रहेको छ । नुवाकोटको विदुरवाट सात र काठमाडौंको माछापोखरी–टोखा–गंगटे हुदै उक्र सग्रहालयमा पुग्न ५८ किलोमिटर मोटरयात्रा गरेपछि पुग्न सकिने भएका कारण पर्यटकहरु वढ्ने मेयर श्रेष्ठको भनाई छ ।