महिला केन्द्रलाई वित्तिय साक्षरता प्रदान

उत्कृष्ट केन्द्रलाई नगद पुरस्कार
लोकखबर
२७ बैशाख २०८२, शनिबार २०:३४

विदुर–नुवाकोटको वट्टारमा केन्द्रीय कार्यालय रहेको मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले आफ्ना महिला सदस्यहरुलाई वित्तिय साक्षरता अभिवृद्धि गरेको छ । सो लघुवित्तको बट्टार शाखाले शनिवार महिला समूहमा आावद्ध सदस्यहरुलाई वित्तिय सचेतना प्रदान गरेको हो ।
उक्त वित्तिय साक्षरता अभिबृद्धि कार्यक्रममा उत्कृष्ट कार्य गरेका महिला समूहहरुलाई प्रोत्साहन स्वरुप नगद पुरस्कारसमेत प्रदान गरिएको छ । कार्यक्रममा विभिन्न महिला समूहवाट एकसय ३५ सदस्यहको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरुलार्य सम्पत्ति तथा बचतमा हुने जोखिम तथा न्यूनीकरण, केन्द्र गुणस्तर, बचत तथा कर्जाको महत्व लगायतका विषयमा जानकारी गराइएको थियो । सहभागीहरुलाई कर्जा र बचतको व्यवस्थापन, यसका फाईदाहरु, कर्जा सदुपयोग र महत्व, डिजिटल बैंकिङ भुक्तानी, संस्थाको नीति नियम र सेवा सुबिधा, एसएमएस सेवा र यसको प्रयोगबारे पनि जानकारी गराइएको शाखा प्रमुख अर्तिला खतिवडाले जानकारी दिइन् ।
कार्यक्रममा बार्षिक केन्द्र मुल्याङ्कनको आधारमा आमथाङ महिला केन्द्र प्रथम, मिर्मिरे चौतारी महिला दोश्रो, श्रीकृष्ण प्रणामी महिला केन्द्र तेस्रो र शिवालय महिला केन्द्रले सान्त्वना पुरस्कार प्राप्त गरेको छ । सदस्य जागरण, सदस्य वचत, कर्जा, नियमित किस्ता, सदस्यको उपस्थिति, कर्जाको उचित सदुपयोग, सदस्यको सकारात्मक सचेतनालगायतका सूचकमा आधारित रहेर पुरस्कार समेत प्रदान गरिएको हो ।
उतकृष्ट भएकाहरुलाई वित्तिय संस्थाको अनुगमन कार्यालय बट्टारका अनुगमन अधिकृत रबिन्द्रप्रसाद कडेल, बिदुर नपा २ का वडाध्यक्ष दीपक कायस्थ र बिदुर ४ का वडाध्यक्ष नीलमबाबु ढुंगेल, शाखा प्रमुख अर्तिला खतिवडालगायतले नगद पुरस्कारका साथै प्रशंसा पत्र प्रदान गरे । उनीहरुले सदस्यहरुको हितका लागि कार्य गर्न सुझाव दिए ।
वट्टार शाखा अन्र्तगत एकसय ४१ वटा महिला केन्द्रमा एकहजार पांचसय ६३ जना सदस्यहरु आवद्ध रहेका छन् । कार्यक्रममा वट्टार शाखा प्रमुख अर्तिला खतिवडाले शाखाको प्रगति विवरण र अनुगमन अधिकृत रबिन्द्रप्रसाद कडेलले संस्थाको सक्रियता र प्रभावकारितका सम्वन्धमा जानकारी गराएका थिए ।
कार्यक्रममा बिदुर ४ का वडाध्यक्ष नीलमबाबु ढुंगेलले लघुबित्तले सदस्यमाझ पु¥याएको वित्तिय योगदान, कर्जाको सदुपयोग र महत्वलाई व्यापकता दिनुपर्ने वताए । बिदुर २ का वडाध्यक्ष दीपक कायस्थले मेरो माइक्रोफाइनान्सले मुलुकको वित्तिय क्षेत्रमा विशेष योगदान पु¥याएको वताए ।
कार्यक्रममा संस्थाका कालिकास्थान शाखा प्रमुख अर्जुन ढुंगानाले केन्द्र गुणस्तरमा वृद्धि, महत्व र केन्द्र प्रमुखहरुको योगदानबारे प्रष्ट पार्दै वित्तिय प्रभावकारितावाट सदस्यहरुमा भइरहेको फाइदाको सम्वन्धमा जानकारी दिए ।  लघुवित्तको वट्टार शाखा प्रमुख खतिवडा भन्छिन्–‘पछिल्लो समय विभिन्न बर्गको मन जित्न सफल लघुवित्तले वित्तीय चपेटामा परेका आम सर्वसाधारणको सहयोगी बनेको छ ।’
देशभरी एकसय ४९ शाखा कार्यालयमार्फत मेरो माईक्रोफाइनान्स लघुवित्तले सेवा प्रदान गर्दै आइरहेको सहायक प्रवन्धक राजु पुडासैनीले वताए । उनका अनुसार लघुवित्तले नेपालका दुरदराजसम्मका आम नागरिकलाई सहज र छरितो ढंगबाट सेवा प्रदान गर्दै आएको छ ।