महिलाहरुलाई सिपमुलक कार्यक्रम

व्यवसायिक च्याउ खेति प्रशिक्षण
लोकखबर
२९ बैशाख २०८२, सोमबार १६:५५

विदुर–सिप सिकाएर स्वरोजगार वनाउने उद्धेश्यले नुवाकोटको बट्टारमा महिलाहरुलाई सिपमुलक कार्यक्रम सन्चालन गरिएको छ । सो अनर्तगत वेरोजगार महिलाहरुलाई व्यवसायिक च्याउ खेती सम्वन्धि प्रशिक्षण दिइएको छ ।
विदुर नगरपालिका ४ वडा कार्यालय र बाराही सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनमा महिलाहरुको सिपमुलक कार्यक्रम अन्र्तगत व्यवसायिक च्याउ खेती तालिम सम्पन्न भएको छ । तालिममा विदुर ४ का २५ जना महिलाहरुको सहभागिता रहेको थियो ।
तालिमको कार्यक्रमकावीच विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले समापन गरिन् । सहभागीहरुलाई प्रमाण पत्र दिदै वोगटीले महिलाहरुलाई सिपलाई प्रवद्र्धन गर्न आग्रह गरिन् ।
उनले नुवाकोटमा च्याउखेति गर्न केहि सजिलो र सरल भएकोले यसलाई व्यवसायिक रूपमा लिएर आर्थिक आम्दानी बढाउन सकिने उल्लेख गरिन् । उनले तालिमपछि आत्मनिर्भर हुन यसलाई सदुपयोग गर्नुपर्ने वताइन् ।
बाराही सामुदायिक वन उपभोत्ता समूहका अध्यक्ष भुवनलाल राजभण्डारीले महिलाहरुले च्याउ खेतिलाई अवलम्वन गरेमा घरमै वसेर स्वरोजगार हुने वताए । उनले आगामी दिनमा पनि थप जीवउपयोगी तालिमको आयोजना गर्ने बताए ।
उनले सानो ठाउँमा समेत च्याउ उत्पादन गर्न सकिने भएकोले च्याउ खेती प्रभावकारी हुने बताए । कार्यक्रममा विदुर ४ का वडासदस्य छविलाल ओझाले तालिमबाट सिकेका ज्ञानहरूलाइ महिलाहरुले आफ्नो ठाउमा सदुपयोग गर्न र अन्य कृषकहरूलाई पनि सिकाउन आग्रह गरे ।
पछिल्लो समय नुवाकोटमा बजार क्षेत्रको बृद्धि भएसंगै च्याउको माग निकै वढिरहेकोले च्याउ खेती तालिमको आयोजना गरेको बाराही सामुदायिक वन उपभोत्ता समूहकी सचिव लक्ष्मी प्रधानले बताइन् । सहभागिहरुलाई दीपक कुमाल, रुपक कुमाल र सविना पाण्डेलगागतले सहजीकरण गरेका थिए ।
२०५१ सालमा स्थापना भएको बाराही सामुदायिक वन उपभोक्ता समूहले महिलाहरुको जीविकोपार्जनको लागि विभिन्न तालिम लागतयका कार्यक्रमहरु गरिरहेको छ । महिला सीपमुलक कार्यक्रम अन्र्तगत विदुर  ४ र बाराही सामूदायिक वन उपभोक्ता समितिको संयुक्त साझेदारीमा व्यवसायिक च्याउ खेती तालिमको समापनसंगै च्याउको विउसमेत प्रदान गरिएको छ ।