सार्वजनिक विदाको दिन सेवाग्राहीलाई सेवा
प्रशासन, मालपोत र नापीद्वारा सेवा प्रदान

विदुर–सर्वसाधारणले सार्वजनिक विदाको दिनसमेत नुवाकोटमा सरकारी कार्यालवाट सोवा पाएका छन् । यसवाट सेवाग्राहीहरु निकै खुसी भएका छन् ।
सरकारले तोकेको सार्वजनिक बिदाको दिन पनि सेवा सुचारु गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । सार्वजनिक विदामा पनि सेवा प्रदान गरिदा सेवाग्राहीहरुले निकै सजिलो महसुस गरेका छन् ।
सरकारले २०८२ सालमा तोकेको १६ वटा सार्वजनिक विदाका दिन पनि जिल्ला प्रशासनलगायत तीन वटा कार्यालयले आआफ्ना सेवा प्रवहा गरेका हुन् । जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयले सोमवार वुद्ध जयन्तीका अवसरमा सार्वजनिक विदा भएपनि कार्यालयमा सेवाग्राहीहरुलाई सेवा प्रदान गरेका छन् ।

जिल्ला प्रशासनले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धि सम्पूर्ण सेवा प्रदान गरेको हो । मालपोत र नापी कार्यालयले जग्गा सम्वन्धि सेवा प्रदान गरेको हो ।
अन्य दिन जस्तो कार्यालयमा भीड नभए पनि आएका सेवाग्राहीहरुले निर्वाध रुपमा सेवा लिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रशासकिय अधिकृत श्यामकृष्ण श्रेष्ठले वताए । उनले कागजपत्र पुगेर आएका सेवाग्राहीहरुले कार्यालयमा प्रक्रिया सुरु गरेको आधा घण्टाभित्र सेवा लिएर फर्किएको वताए ।
२०८२ सालमा विभिन्न १६ वटा सार्वजनिक विदाका दिन नुवाकोटको प्रशासन, मालपोत र नापी कार्यालय सन्चालन हुने छन् । यसवाट सवै किसिमका सेवाग्राहीले ति कायाृलयवाट सेवा लिन सक्नेछन् । 

गत वर्षदेखि सार्वजनिक विदाका दिनमा जिल्ला प्रशासनबाट नागरिकता राहदानी, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धी सेवा प्रवाह गरिंदै आएकोमा यस वर्ष पनि सरकारको निर्णय अनुसार नै सो कार्यलाई निरन्तरता दिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए । उनले अगाडि भने, ‘‘सरकारको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयले १६ वटा महत्वपूर्ण सार्वजनिक विदाका दिन पनि आफ्ना केही आवश्यक सेवा प्रवाह गर्ने कार्य सुरु गरेको छ ।’’
जसअन्र्तगत २०८२ साल वैशाख २९ गते वुद्ध जयन्ती, जेठ १५ गते गणतन्त्र दिवस, असोज ६ गते घटस्थापना, मंसिर १८ गते धान्यपुर्णिमा, पुस १० गते क्रिमस डे, पुुस १५ गते तमु ल्होसार, पुस २७ गते पृथ्वी जयन्ती, माघ १ गते माघे संक्रान्ति, माघ ५ गते सोनाम ल्होसार, माघ १६ गते शहिद दिवस, फागुन ३ गते महाशिवरात्री, फागुन ६ गते ग्याल्पो ल्होसार, फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस र फागुन २४ गते अन्र्तराष्ट्रिय महिला दिवसको दिन नुवाकोटमा जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयले सेवा प्रदान गर्ने तय भएको छ । यसका साथै नेपाल सरकारले सोही समयमा निर्णय गरि सार्वजनिक विदा दिने इद (ईदउल फित्र) र वकर इद ( ईदउल अजाह) का दिनमासमेत सेवा सुचारु हुने नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईले जनाएका छन् । 

हुमागाईले यहि २०८२ साल वैंशाख २९ गतेदेखि २०८२ चैत्र मसान्तसम्म परेको शनिबारबाहेकका १६ वटा सार्वजनिक विदामा पनि नागरिकतासम्बन्धि सेवा, राहदानी, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धी सम्पूर्ण सेवा सूचारू रहने वताए । सार्वजनिक विदाका उल्लेखित उक्त दिनमा पनि सेवा लिन जिल्ला प्रशासन कार्यालयमा आउन जिल्लाबासीलाई सार्वजनिक सूचनामार्फत अनुरोध गरिएको सप्रजिअ हुमागाइको भनार्य छ ।
सार्वजनिक विदाका दिन पनि सेवा लिन पाउंदा समयको वचत र भीडभाड कम भएको राष्ट्रिय परिचय पत्रको सेवा लिन प्रशासन पुगेका विदुर नपा १ ढुंगेका नवराज उप्रेतीले वताए । आवस्यक कागजपत्र पु¥याएर कार्यालयमै रहेको राष्ट्रिय परिचय पत्रको स्टेशनमा तस्वीर खिचेर प्रमाणित गरेपछि आधा घण्टामै काम सकिएको अर्की सेवाग्राही शान्ति लामिछानेउप्रेतीले वताइन् । 

सार्वजनिक विदाका दिन पनि केही आवश्यक सेवा प्रवाह गर्ने सरकारको निर्णय सेवाग्राहीका लागि सुविधायुक्त रहेको नापी कार्यालय नुवाकोटकका प्रमुख राजन गिरीले कार्यालयमा आएका सेवाग्राहीले नियमअनुसार कागजपत्र पु¥याएपछि तत्काल काम गर्ने वताए । उनले तोकिएका सार्वजनिक विदामा सेवा लिन आउनेलाई सहज र सरलरूपमा सेवा दिने व्यवस्था गरिएको वताए ।