कांग्रेसले वुझायो वेलकोटगढी नपामा ध्यानाकर्षणपत्र

मेयरसमक्ष २१ वुंदे माग पेश
लोकखबर
३० बैशाख २०८२, मंगलवार २१:३६

विदुर–काँग्रेस बेलकोटगढीले नुवाकोटको वेलकोटगढी नगरपालिकालाई विभिन्न माग राखी ध्यानाकर्षण पत्र वुझाएको छ । विभिन्न २१ वुंदे मागसहितको ध्यानाकर्षण पत्र मेयर जगतवहादुर गुरुङसमक्ष वुझाएको हो ।
नेपाली काँग्रेस बेलकोटगढी नगर कार्यसमितिले नगरपालिका सञ्चालनका सम्बन्धमा सेवा प्रवाहको सुधार, कर संकलन, नगरपालिका सञ्चालनमा सुशासन, जवाफदेही तथा पारदर्शिताको माग गर्दै मंगलबार मेयर गुरुङलाई २१ वुंदे ध्यानाकर्षण पत्र बुझाएको हो । कांग्रेस वेलकोटगढी नगर कार्यसमितिका सभापति लेखनाथ मुडबरीलगायतको टोलीले वाघखोरस्थित नपा कार्यालयमै पुगेर मेयर जगतबहादुर गुरुङलाई लिखित ध्यानाकर्षण पत्र बुझाएको हो ।
सोही क्रममा काँग्रेसका जिल्ला सहसचिव यादवप्रसाद नेपाल, तथा श्याम ढुङ्गाना, कृष्ण पाण्डे, इन्द्रबहादुर लामा, प्रताप लामा, हिरा पाण्डेलगायतले माग पुरा गर्नुपर्ने धारणा राखे । ध्यानाकर्षण पत्र वुझाउने क्रममा उपमेयर शिवप्रसाद दाहाल, विभिन्न वडाका अध्यक्षहरु, नेकाबाट बिजयी भएका कार्यपालिका र नगरसभा सदस्यहरुको सहभागिता रहेको थियो ।