बैंकिङ कसुर मुद्दाका फरार युवक पक्राउ

अदालतमा वुझाइयो
लोकखबर
३० बैशाख २०८२, मंगलवार २१:४३

त्रिशूली–बैंकिङ कसुर मुद्दाका फरार एक जना युवकलाई रसुवामा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालतमा वुझाएको छ ।
बैंकिङ कसुर मुद्दामा जिल्ला अदालत रसुवाबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका एक जना युवकलाई पक्राउ गरि मंगलवार अदालतमा वुझाइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । नवलपरासीका बुलिङ्टार गापा १ घर भई हाल गोरखाको बिलिङटार नपा ६ बस्ने ४५ वर्षिय जीवन रूचालमगरलाई पक्राउ गरी आवस्यक कारवाहीका लागि रसुवा जिल्ला अदालतमा दाखिला गराइएको प्रहरी नायव उपरिक्षक हेमवहादुर शाहीले जानकारी दिए ।