पत्रकार महतको निधन

विदुर–सक्रिय पत्रकार फणिदेव महतको निधन भएको छ । रौतहटको चन्द्रनिगाहपुर घर भई लामो समयदेखि पत्रकारितामा क्रियाशील ४३ वर्षिय महतको मंगलवार वेलुकी उपचारका क्रममा निधन भएको हो ।
२२ वर्ष भन्दा लामो समयदेखि छापा तथा विद्युतीय सन्चारमाध्यममा पत्रकारिता गरेका युवा पत्रकार महत लामो समयदेखि ब्रेन ट्युमर रोगबाट पीडित थिए । महतको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचारका क्रममा निधन भएको रौतहटका पत्रकार शिव पुरीले जनाए ।
खोजी, विकास, जनपक्षिय पत्रकारितामा दख्खल राख्ने महत प्रेस चौतारी नेपाल मधेस प्रदेशका निवर्तमान अध्यक्ष तथा पुर्व केन्द्रीय सदस्यसमेत थिए । उनी झण्डै तीन वर्षदेखि ब्रेन ट्युमर रोगसंग लड्दै आएका थिए ।
महतको निधनले सिंगो पत्रकारितालाई क्षति पुगेको प्रेस चौतारी नेपालका उपाध्यक्ष चेतन अधिकारीले जनाए । एक कुशल पत्रकार, आवाज विहिनको आवाज फणीदेव महतको निधनले पत्रकारितालाई क्षति पु¥याएको र उनको निधनले थुप्रै आवाज विहिनहरुले फणीलाई सधै सधै सम्झिरहने अधिकारीले वताएका छन् ।