वेपत्ता छात्रा तीनदिनपछि मृत फेला

एक छात्रा अझै वेपत्ता
लोकखबर
२ जेष्ठ २०८२, बिहीबार १९:१८

विदुर–त्रिशूली नदीमा वगेर वेपत्ता भएकी नुवाकोटको रातमाटेकी एक जना स्कुले छात्रा विहीवार मृत फेला परेकी छन् । एक जना अझै वेपत्ता रहेकी छन् ।
बेलकोटगढी नगरपालिका ७ रातमाटे, कल्चौडे स्थित त्रिशूली नदीमा नुहाउने क्रममा वगेर वेपत्ता भएकी ११ बर्षिया जेनी डंगोल र सोही स्थानकी .११ बर्षिया सदिक्षा राई मंगलवार त्रिशूलीले वगाई बेपत्ता भएका थिए । वगेर वेपत्ता भएकामध्ये सदिक्षा राइको शव तीन दिनपछि फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
दुवै जना मंगलबार वेलुकीदेखि त्रिशूली नदीमा वगेर बेपत्ता भएकोमा खोजी गर्ने क्रममा सदिक्षाको मृत शरिर बिहिबार फेला परेको प्हरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए । उनका अनुसार सदिक्षाको शव धादिङको सिद्धलेक गाउँपालिका ७ को आदमटारस्थित त्रिशूली नदी किनारमा ढुँगामा अड्किएको अवस्थामा फेला परेको हो ।
बेपत्ता भएका दुबै जना बेलकोटगढी ७ रातमाटेमा रहेको शिलादेबी माविको कक्षा ७ मा अध्ययनरत छात्राहरु हुन् । बेपत्ता भएका छात्राहरुको खोजीमा चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी विपद तालिम शिक्षालयका प्रहरीको १० जना गोताखोरको परिचालन गरिएको छ ।