घट्यो पेट्रोलियम पदार्थको मूल्य
पेट्रोल, डिजेल र मट्टितेलमा घट्यो मूल्य
विदुर– पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले विहीवार मुल्य घटाएको हो ।
घटेको मुल्यदर अनुसार विहीवार राती १२ वजेदेखि लागू हुने गरि पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटेको हो ।
इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य घटेकाले निगमले पनि मुल्य समायोजन गर्दै मूल्य घटाएको हो । मूल्य घटेसँगै काठमाडौंमा पेट्रोल प्रतिलिटर १५७ रुपैयाँ र डिजेल तथा मट्टितेल १४२ रुपैयाँ कायम भएको नेपाल आयल निगमले जनाएको छ ।











































