निर्माण कार्य तथा सेवाको अनुगमन
विदुर-नुवाकोटको पश्चिमी भेगमा रहेको किस्पाङ गाँउपालिकामा निर्माण गरिएका र निर्माणाधिन विभिन्न भौतिक संरचनाहरुको स्थलगत अनुगमन गरिएको छ । जनप्रतिनिधिसहितको टोलीले गापा तथा गापा अन्र्तगत सेवा प्रवाह सम्बन्धि अनुगमन गरेको हो ।
अनुगमनका क्रममा काम तथा सेवा प्रवाहको गुणस्तर कायम गराउन किस्पाङ गापाका जनप्रतिनिधि तथा कर्मचारीहरु सक्रिय भएका छन् । यसैक्रममा किस्पाङ गापाका अध्यक्ष वीरबल तामाङ, उपाध्यक्ष अर्जुनप्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर शाहीलगायत विषयगत शाखाको प्रमुखहरुबाट काहुले तथा सो स्थानमा रहेका संरचनाको अनुगमन भएको हो ।
टोलीले किस्पाङ बहुप्राविधिक शिक्षालयको निर्माणाधिन भवन, पशु सेवा अन्तर्गतका असल अभ्यास कार्यक्रम, नुचेत खोप केन्द्रको सेवा प्रवाह र व्यवस्थापन सम्बन्धि अनुगमन गरेको हो । किस्पाङ २ फिकुरीको ताजी खोप केन्द्र र किस्पाङ ३ काहुलेको वहुप्राविधिक शिक्षालयको भवनको निरीक्षण गरेर गुणस्तरिय र प्रभावकारी कार्य गर्न जनप्रतिनिधि तथा सरोकारवालाको टोलीले निर्देशन दिएको हो ।











































