६ वर्षदेखि फरार अभियुक्त पक्राउ

अदालतमा वुझाइयो
लोकखबर
२०८२ जेष्ठ ६, मंगलवार २१:०५

विदुर-अदालतवाट दोषी ठहर भएको फैसला सुनाइएका एक जना फरार अभियुक्तलाई रसुवामा प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ । अदालतमा वुझाइएको प्रहरीले जनाएको छ ।
रसुवा जिल्ला अदालतबाट गत २०७६ साल असार २९ गते बहु–बिबाह मुद्दामा दोषी ठहर फैसला भई एक वर्ष कैद भुक्तान गर्न बाँकी तथा सम्मानित उच्च अदालत पाटनबाट समेत बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना युवकलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । रसुवाकै गोसाईकुण्ड गाउँपालिका ५ का ५० वर्षिय तेन्जेनदोर्जे तामाङलाई पक्राउ गरी रसुवा जिल्ला अदालत धुन्चेमा बुझाईएको प्रहरी नायव उपरिक्षक हेमवहादुर शाहीले जानकारी दिए ।

 


सर्वाधिक रुचाइएको