अध्यक्षसंग ज्येष्ठ नागरिक कार्यक्रम

स्वास्थ्य परिक्षणसंगै सामाजिक सुरक्षा भत्ता वितरण
लोकखबर
२०८२ जेष्ठ ६, मंगलवार २१:३२

विदुर-नुवाकोटको तारकेश्वर गाउंपालिकाले वृद्धवृद्धाहरुको सुविधाका लागि अध्यक्षसंग ज्येष्ठ नागरिक कार्यक्रम सन्चालन गरेको छ । कार्यक्रम अन्र्तगत वृद्धवृद्धाहरुको स्वास्थ्य परिक्षणका साथै सामाजिक सुरक्षा वापतको भत्तासमेत वितरण गरिएको छ ।
तारकेश्वरको ६ वटै वडामा अध्यक्षसंग ज्येष्ठ नागरिक कार्यक्रम अन्र्तगत स्वास्थ्य परिक्षणसहित निःशुल्क र सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । तारकेश्वर ५ बाट सुरु भएको उक्त कार्यक्रम वडा नं ६, १, ३ र २ हुँदै ४ वुधसिङमा पुगेर सम्पन्न भएको हो ।
सो कार्यक्रमअनर्तगत वृद्धवृद्धासहित आठसय जनाको स्वास्थय परिक्षण गरि आवस्यक औषधि प्रदान गरिएको स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रममा वृद्धवृद्धाहरुको स्वास्थयकर्मीले वडामै पुगेर स्वास्थय परिक्षण गरि आवस्यक औषधिका साथै सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी अविरलले जानकारी दिए ।
उनका अनुसार कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँपालिकाको पञ्जीकरण शाखा र स्वास्थ्य शाखाले संयुक्त रूपमा सक्रियतापुर्वक कार्य गरेका थिए । तारकेश्वरका एकहजार दुई सय जनालाई सोही कार्यक्रममा सामाजिक सुरक्षा वापतको भत्तासमेत प्रदान गरिएको छ ।
अध्यक्षसंग ज्येष्ठ नागरिक कार्यक्रममा अध्यक्षसहितको जनप्रतिनिधि टोलीले गाउंमै पुगेर सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता र अपाङ्गता भत्ता) वितरण कार्य तारकेश्वरको ६ वटै वडामा सम्पन्न भएको हो । कार्यक्रममा ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श र औषधि वितरणका स्वास्थ्य शाखा प्रमुख छविलाल केसीसहितको स्वास्थ्यकर्मीहरूको टोली खटिएको थियो ।
पञ्जीकरण शाखाको टोलीले सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । समयमा भत्ता वितरण नहुने र ज्येष्ठ नागरिकहरुले झन्झट बेहोर्नुपर्ने समस्याको अन्त्य गर्दै अध्यक्ष अधिकारीले प्रत्येक ३/३ महिनामा वडा/वडामा कार्यक्रम गरी वृद्धवृद्धाहरूको निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण र स्वास्थ्य परामर्शसँगै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यका लागि ’गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ सन्चालन गरिएको हो ।
यसअघि, अध्यक्ष अधिकारीले उक्त कार्यक्रमलाई विशेष र प्रभावकारी बनाई जनगुनासो नआउने गरी काम गर्न स्वास्थ्य शाखालाई निर्देशन दिएका थिए । उनले कार्यक्रमलाई निरन्तरता दिइने वताए ।
यसैवीच, तारकेश्वर गाउँपालिकाबासीसंग प्रत्यक्ष जोडिने मुल उद्धेश्यले ’अध्यक्षसँग टोलबस्ती कार्यक्रम’समेत सम्पन्न भएकोे छ । स्थानीय विकास निर्माणको प्रगति, प्रभावकारिता र जनस्तरका अपेक्षा, आवश्यकतालाई बुझ्ने उद्देश्यले तारकेश्वर गापाले ’टोलबस्ती कार्यक्रम’ सन्चालन गरेको गापा अध्यक्ष शिव अधिकारी अविरलको भनाई छ ।
अध्यक्ष अधिकारीले जनसमुदायसँग प्रत्यक्ष जोडिएर विगतका वर्षमा पालिकामार्फत सञ्चालित योजना तथा कार्यक्रमको समीक्षा गर्दै नयाँ बजेटमा समेट्नुपर्ने कार्यक्रमको चर्चा गर्ने उद्देश्यले ‘अध्यक्षसँग टोलबस्ती कार्यक्रम’ सन्चालन गरेको जानकारी दिए । पालिकाबासीको आवश्यकतालाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षमा गापामार्फत ल्याउने योजना तथा कार्यक्रम रचनात्मक र उत्पादनमूलक बनाउनको लागी सुझाब दिन उनले स्थानीय जनसमुदायलाई आग्रह गरेका छन् ।

 

 

 

 


सर्वाधिक रुचाइएको