नुवाकोट समाज जापानको अधिवेसन

पुडासैनीलाई अध्यक्षको जिम्मा
लोकखबर
२०८२ जेष्ठ ८, बिहीबार २१:२६

विदुर–नुवाकोट समाज जापानको चौथो अधिवेशन समपन्न भएको छ । अधिवेसनबाट सर्वसम्मत रुपमा नयां कार्यसमिति चयन भएको छ ।
अधिवेसनले ज्ञानेन्द्र पुडासैनीको अध्यक्षतामा २५ सदस्यीय नयां कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा बिमानसिंह मोक्तान र शिवराम ढकाल, महासचिवमा सन्तोषी अधिकारी, सचिवमा गणेशप्रसाद ढकाल, सचिवमा गोकर्णभट्टराई डेविड र अशोक खतिवडा, कोषाध्यक्षमा शिवप्रसाद रिमाल र सह कोषाध्यक्षमा प्रदिप भट्ट चयन भएका छन् ।
सदस्यहरुमा नवराज पाण्डे, पाण्डव पण्डि, सञ्जय देवकोटा, सत्य तामाङ, सरोज मुडवरी, रामकृष्ण भट्ट, शैलेशकुमार पुडासैनी, अशोक भट्ट, प्रल्हाद पुडासैनी, कृष्ण लामिछाने, जानु ढकाल, नवराज लामिछाने, सुनील केसी, गोकर्ण भट्ट, सन्तोष ढुंगेल र प्रविण तिमिल्सिना चयन भएका छन् ।

 


सर्वाधिक रुचाइएको