अक्षयकोषका लागि विद्यालयलाई रकम

दिवंगत हजुरवुवार हजुरआमाको स्मृतिमा प्रदान
लोकखबर
२०८२ जेष्ठ ८, बिहीबार २१:३२

विदुर–नुवाकोटको चोकदेमा रहेको एक विद्यालयलाई पुर्व विद्यार्थीले अक्षयकोष स्थापनाका लागि रक प्रदान गरेकी छन् । सुर्यगढी गापा ३ मा रहेको चोकदेस्थित बागेश्वरी माबिमा छात्रवृत्ति वितरणका लागि एक जना पुर्व विद्यार्थीले आर्थिक सहयोग प्रदान गरेकी हुन् ।
विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थी छात्रबृति बितरणका लागि पूर्ब विद्यार्थी जानुका धमलाले दिवंगत आफ्ना हजुरबुबा मनोरथ धमला र हजुरआमा मीनकुमारी धमलाको स्मृतिमा अक्षयकोषका लागि एकलाख रुपैया प्रदान गरेकी हुन् । अन्य सामाजिक सहयोगसमेत जार िराख्ने वताएकी धमलालाई विद्यालयले कदर गरेको छ ।


सर्वाधिक रुचाइएको