त्रिदेशिय मार्गमा यात्रुसहायता कक्ष
यात्रु तथा सर्वसाधारणलाई सुविधा
विदुर–त्रिदेशिय मार्गको रुपमा रहेको वीरगन्ज–गलछी–विदुर–स्याफ्रुवेशी–रसुवागढी सडकमार्गको वीमा रहेको टिमुरे नजिकै घट्टेखोलामा यात्रु सहायता कक्षको सन्चालन गरिएको छ । यसवाट यात्रु तथा सर्वसाधारणलाई सुविधा पुगेको छ ।
सो मार्गको वीचमा रहेको गोसाईकुण्ड गाँउपालिका २ घट्टेखोलामा स्थापित यात्रु सहायता कक्षको रसुवाका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक हेमवहादुर शाहीले उद्घाटन गरे । उनले यसको प्रभावकारितामा जोड दिदै यात्रु तथा सर्वसाधारणलाई मुस्कानसहितको सेवा दिन निर्देशन दिए ।
यसवाट मित्रराष्ट्र चीनको कैलाश मानसरोवर भ्रमण गर्न जाने र आउने तिर्थयात्री, केरुङ जाने पर्यटकहरु, ब्यापारी, स्थानीयबासीहरुलाई सहजता भएको छ । रसुवागढी नाका काठमाडौवाट नुवाकोट हुदै चीन प्रवेशका लागि छोटो दुरीको नाकासमेत हो ।











































