खोलामा डुवेर युवकको मृत्यु
शव त्रिशूली अस्पतालमा
विदुर–नुवाकोटको उत्तरी भेगमा रहेको खोलामा डुवेर स्थानीय एक युवकको ज्यान गएको छ । शव पोष्टमार्टमका लागि त्रिशूली अस्पतालमा राखिएको छ ।
दुप्चेश्वर गाउंपालिका ७ नाईखोलाको काफ्लेदहमा डुवेर शुक्रवार स्थानीय २८ वर्षिय शुक्र तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय.खरानीटारबाट प्रहरी निरीक्षक जयन्ती थापाको नेतृत्वमा रहेको प्रहरी टोली घटनास्थल पुगेर शवको मुचुल्का उठाउनुका साथै शव उठाएर त्रिशूली अस्पताल पठाएको हो । 

घरवाट तनि दिन अगाडि काम गर्न भनेर निस्किएका तामाङलाई उक्त खोलामा पौडी खेल्न जाने क्रममा स्थानीय व्यक्तिले मृत देखेपछि प्रहरीलाई खवर गरेका थिए । उक्त घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।
तामाङको मृत शरिरमै लगाएका कपडाहरु रहेका कारण उनी लडेको वा अन्य कारणले खोलामा डुवेर मृत्यु भएको भन्ने अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धान जारी राखी शव पोष्टमार्टमको लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ ।











































