वजेट माग्दै प्रदेश राजधानी पुगे नुवाकोटका नेताहरु

नेता, जनप्रतिनिधि तथा पुर्व जनप्रतिनिधि हेटौंडामा झुम्मिए
लोकखबर
२०८२ जेष्ठ ९, शुक्रबार २२:४८

विदुर–आफ्नो जिल्लामा विभिन्न विकास निर्माणको योजना समावेश गरिनुपर्नेलगायतका माग राख्दै नुवाकोटका नेताहरु प्रदेश राजधानी पुगेका छन् । विभिन्न दलका नेता, जनप्रतिनिधि, कार्यकर्ता तथा पुर्व जनप्रतिनिधि वागमति प्रदेशको राजधानी हेटौंडा पुगेर जिल्लावासी मुख्यमन्त्रि, मन्त्रि, संसदीय दलका नेता तथा प्देश सभा सदस्यहरुसंग लिखित माग तथा योजना टिपाउन व्यस्त रहेका छन् ।
यसरी योजना माग गर्नेहरुमा सत्तारुढ दुई दल कांग्रेस र एमालेका साथै माओवादी केन्द्र, राप्रपालगायतका रहेका छन् । बजेट सार्वजनिक हुने समय नजिकिँदै गर्दा नुवाकोटका नेताहरु जिल्लावासी मुख्यमन्त्रि वहादुरसिंह लामा, विभिन्न मन्त्रि तथा सांसदहरुलाई भेटेर वजेट पारिदिन अनुरोध गरिरहेका छन् ।
संवैधानिक प्रावधानअनुसार प्रदेश सरकारले आगामी असार १ गतेभित्र बजेट प्रस्तुत गर्नुपर्नेछ । संघीय सरकारले जेठ १५ गते बजेट पेश गर्नेछ ।
स्थानीय जनताका माग, जनसमुदायका मुद्धा, समाजको उन्नती, नुवाकोटको प्रगति लगायतका पांचसय मागहरु राखेर वागमति प्रदेशका पुर्वमन्त्रि, नेकपा (एमाले) केन्द्रीय सदस्य तथा नुवाकोट इन्चार्ज केशबराज पाण्डे, तथा एमाले नुवाकोटका अध्यक्ष एवं वागमतिका पुर्व कृषि राज्यमन्त्रि वद्री मैनालीको नेतृत्वमा बागमती प्रदेशको राजधानी हेटौं पुगेर विभिन्न मन्त्रि, संसदीय दलका नेता जगन्नाथ थपलिया समक्ष विकासनिर्माणका लागि विभिन्न मागहरु लिखित रुपमै पेश गरेको छ । नुवाकोटवासीका लागि गरिएका मागहरु समग्र जनताको आवाज भएकोले त्यसलाई कुनै पनि हालतमा आगामी बजेटमा समावेश गरेर कार्य सुचारु गर्नुपर्ने आवस्यकता रहेको एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले वताए ।
पुर्वाधार, सिंचाई, वन तथा वातावरण, खानोपानी, स्वास्थ्यलगायतका मागहरु रहेका छन् । मागपत्र वुझ्दै अधिकांश मन्त्रिहरुले आगामी बजेटमा नुवाकोटको विभिन्न मागहरुलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने वचन प्राप्त भएको पुर्वमन्त्रि केशवराज पाण्डेको भनाई छ ।
विकासनिर्माणका लागि माग पत्र वुझाउने क्रममा एमाले बागमती प्रदेश सदस्य काशिराज अधिकारी, प्रल्हाद प्याकुरेल, जिल्ला कमिटी उपाध्यक्ष राजेन्द्ररमण खनाल,सचिब शिवकुमार चित्रकार, जिल्ला सचिवालय सदस्य बिजयकुमार तामाङ, पन्चकन्या गाउंसंगठन कमिटिका अध्यक्ष रामनाथ खनाल, ककनी पालिका कमिटी अध्यक्ष जीतबहादुर वलामी, जिल्ला कार्यालय सचिब वसन्त न्यौपानेलगायत सहभागी थिए । नुवाकोटको विकासनिर्माणका लागि विभिन्न पांचसय योजनाहरु मग गरिएको छ ।
यसैवीच, पन्चकन्या गाउंपालिकावाट गएको टोलीले शुक्रवार मुख्यमन्त्रि वहादुरसिंह लामातामाङ समक्ष भेट गरेको छ । पन्चकन्या गापाका अध्यक्ष तेजवहादुर तामाङलगायतको टोलीले विभिन्न विकास निर्माण, पर्यटकिय प्रवद्र्धन तथा उत्पादनमा वढोत्तरी हुने योजना वजेटमा समावेश गरिदिन माग गर्दै मागपत्र पेश गरेको छ ।
यसअघि पनि नुवाकोटका अधिकांश दलका नेता, कार्यकर्ता तथा जनप्रतिनिधिको टोलीले मुख्यमन्त्रि समक्ष आगामी वर्षको वजेटमा समावेश गर्न माग गर्दै विभिन्न योजनाहरुको सूचि वुझाइसको छन् । कपिलेश्वर क्षेत्रको प्रवद्र्धनका लागि गुरु योजना तयार पारिएको र सो योजनाअनुसार बजेट माग गरिएको छ ।
कपिलेश्वर क्षेत्रमा मन्दिरको पुनर्निर्माण, हेलिप्याड निर्माण तथा विभिन्न संरचनाहरू निर्माणका लागि बजेट आवश्यक रहेको बताइएको छ । स्थानीय सरकारको बजेटले मात्र ति संरचनाहरूको पुनर्निर्माण सम्भव नहुने भएकाले प्रदेश सरकारसँग बजेट माग गरिएको हो । कपिलेश्वर क्षेत्रसहित चमेरे गुफा संरक्षण, कालिकास्थान मन्दिर, घ्याङस्वारा पार्क जस्ता महत्वपूर्ण स्थानहरूको विकासका लागि पनि बजेट माग गरिएको छ ।


सर्वाधिक रुचाइएको