विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह
विदुर-नुवाकोटका विभिन्न स्थानमा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह मनाइएको छ । विद्यार्थीहरुलाई स्वास्थय सचेतना प्दान गर्दै सो कार्यक्रम विद्यालयमै पुगेर मनाइएको हो ।
विदुर नगरपालिका, लिखु गाउँपालिकालगायत विभिन्न स्थानीय तहमा रहेका विद्यालयहरुमा सो कार्यक्रम स्वास्थ्य सचेतनामुलक रुपमा मनाइएको हो । विदुर नपा स्वास्थ्य शाखा तथा बिदुर नपाको भूगोल भित्र रहेका स्वास्थ्य सस्था, ११ वटा बिद्यालयका बिद्यालय नर्सहरुद्वारा एक सातासम्म विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह संचालन गरिएको हो ।
कार्यक्रममा विद्यार्थीहरूलाई पोषण सम्बन्धि अभिमुखिकरण, पोषण सामग्री प्रदर्शनी, सरसफाई, बिद्यालय अध्यनरत छात्रछात्राहरुलाई जुकाको औषधि बितरण, पोषण सम्बन्धि हाजीरी जवाफ प्रतियोगिताका साथै सरसफाई सामग्री वितरण गरिएको जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले जानकारी दिए । उता, लिखु गापाको महेन्द्र महेशदेव मावि र बच्छला माविमा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह विभिन्न कार्यक्रम मनाइएको छ ।
सो कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई स्वास्थ्य, सरसफाइ र पोषणसम्बन्धि सचेतनामुलक जानकारी दिइएको थियो । साथै, बालबालिकालाई जुकाको औषधि वितरण पनि गरिएको थियो ।
कार्यक्रममा स्वास्थ्यकमीहरुले विद्यार्थीहरूलाई स्वास्थ्य शिक्षा प्रदान गरेका थिए । डिजिटल माध्मबाट पनि स्वास्थ्यसम्बन्धि कार्यक्रहरु गरिएको थिया भने दुवै विद्यालयका विद्यार्थी, शिक्षक र स्वास्थ्यकर्मीहरू कार्यक्रममा सहभागी भएका थिए ।












































