एमाले संगठन विस्तारमा

दुई पालिका तथा एक वडाको सपथग्रहण
लोकखबर
२०८२ जेष्ठ १०, शनिबार २२:३८

विदुर–सत्तारुढ दल नेकपा एमालेले नुवाकोटमा संयगठन अभियानलाई तिव्रता दिएको छ । जसअन्र्तगत पालिका तथा वडा अधिवेसन गरेको छ ।
एमाले नुवाकोटले शनिवार पालिका अधिवेसन सम्पन्न भएको तादी र म्यागङका साथै विदुर नगरपालिका २ को अधिवेसनवाट चुनिएका कमिटिको पद तथा गोपनियताको सपथग्रहण गराएको छ । निर्वाचित गाउं संगठन कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई छुट्टाछुट्टै कार्यक्रमसहित सपथग्रहण गराइएको हो ।
नवनिर्वाचित गाउं तथा वडा कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई छुट्टाछुट्टै कार्यक्रमसहित नेकपा एमालेका केन्द्रीय सदस्य, नुवाकोट इन्चार्ज तथा वागमति प्रदेशका पुर्व मन्त्रि केशवराज पाण्डे, एमाले जिल्ला अध्यक्ष तथा वागमतिका पुर्व कृषि राज्यमन्त्रि वद्री मैनाली, एमाले जिल्ला कमिटिका पुर्व अध्यक्ष तथा पुर्व प्रतिनिधि सभाका सदस्य नारायणप्साद खतिवडा, एमाले वागमति प्रदेश सदस्यहरु काशीराज अधिकारी, वलराम आचार्य, प्रल्हाद प्याकुरेल, सन्जु पण्डित, निर्मला अधिकारी , एमाले जिल्ला उपाध्यक्ष राजेन्द्ररमण खनाल, सचिव शिवकुमार चित्रकारलगायतले पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् । आगामी दुई वर्षे कार्यकालका लागि तादीमा माधवप्रसाद मैनाली र म्यागङमा लालसिंह तामाङ तथा विदुर २ मा दामोदर नेपालको अध्यक्षतामा कमिटि चुनिएको थियो ।
सपथग्रहण गराउंदै एमालेका केन्द्रीय सदस्य, नुवाकोट इन्चार्ज तथा वागमति प्रदेशका पुर्व आन्तरिक मामिलामन्त्रि केशवराज पाण्डेले युवा संरक्षण र स्वरोजगारका योजनाहरु सरकारले सन्चालन गरेको र देशमा स्थानीय पर्यटन, कृषि, उत्पादन तथा व्यवसायिकरणमा युवा शक्तिको परिचालन गरिएको वताए । विविधतामा विचार फरक हुन सक्छ यद्यपि, एमालेमा कुनै पनि गुट नरहेको पाण्डेको दावी छ ।
एमाले जिल्ला अध्यक्ष वद्री मैनालीले सपथग्रहण गरेका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले देशमा एमालेको नीति, विद्यि र योजना अनुसार अगाडि वढ्न निर्देशन दिए । सपथग्रहण गरेका विभिन्न कमिटिका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुले स्थानीय भावना अनुसार आफुहरु क्रियाशील भई अगाडि वढ्ने वताए ।


सर्वाधिक रुचाइएको