दुप्चेश्वरमा एकैदिन झण्डै सांढे दुई लाख भेटी संकलन

मुख्य धार्मिक गन्तव्य वन्दै
लोकखबर
२०८२ जेष्ठ ११, आईतवार १७:१२

विदुर–नुवाकोटको रामतीस्थित प्रसिद्ध दुप्चेश्वर महादेवको मन्दिर मुख्य तीर्थस्थल वन्दै गइरहेको छ । यातायातको सहजतासंगै दुप्चेश्वरमा दैनिक रुपमा भक्तजनहरु वढ्ने क्रम रहेको छ ।
पशुपतिनाथको पर्यायको रुपमा रहेको दुप्चेश्वर मन्दिरमा जानका लागि यातायातको सहजतासंगै भक्तजनहरु जाने÷आउने क्रम वढिरहेको छ । भेटी संकलनसमेत वढिरहेको छ ।
दुप्चेश्वर गाउँपालिका–६ रामतीस्थित करेजुङको पहरामा रहेको दुप्चेश्वर महादेव मन्दिरमा शनिवार मात्र एकैदिन झण्डै सांढे दुई लाख रुपैया भेटि संकलन भएको छ । भक्तजनहरु वढेका कारण भेटी संकलन पनि वढेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।
दुप्चेश्वरमा शनिबार दुई लाख २९ हजार एक सय ८० रुपैया भेटी संकलन भएको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार मन्दिरमा मध्यान्ह आरतीको एकलाख १५ हजार ३० रुपैया संकलन भएको छ ।
मन्दिरमा राखिएको क्युआर कोडमार्फत २६ हजार १५ रुपैया भेटी संकलन भएको छ । दुप्चेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी प्रत्येक दिन बेलुकी ५ बजे गणना गर्ने कार्य भइरहेको छ ।
श्रेष्ठका अनुसार पछिल्लो वर्ष मन्दिरमा आउने भक्तजनको उपस्थिती वढिरहेको र उचित व्यवस्थापनका लागि कोष तथा दुप्चेश्वर गापा कार्यालय क्रियाशील रहेको बताए । यातायात र वाटोको प्रभावकारिताका कारण नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा यति धेरै भेटी रकम सङ्कलन भएको हो ।
दुप्चेश्वर मन्दिरमा भक्तजनहरुले चढाएको भेटी गत वैशाख महिनामा मात्र हिन्दु र वौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्र ऐतिहासिक तथा धार्मिक महत्वको दुप्चेश्वर महादेव मन्दिरमा विशेष गरि शनिवार, सोमवार, विहीवार तथा धान्यपुर्णिमा र शिवरात्रीको अवसरमा विशेष मेला लाग्ने गरेको छ । दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठका अनुसार दुप्चेश्वर मन्दिर जान नुवाकोटको सदरमुकाम विदुर र काठमाडौवाट सिधै यातायातको साधन जाने गरेको छ ।


सर्वाधिक रुचाइएको