बट्टारमा आधुनिक चलचित्र भवन सन्चालन

वोर्डका अध्यक्ष डिसीले गरे उद्घाटन
देवचन्द्र भट्ट
२०८२ जेष्ठ ११, आईतवार १७:२१

विदुर–चलचित्रका पारखी दर्शकहरुको सुविधाका लागि नुवाकोटको व्यस्त बट्टारवजारमा आधुनिक चलचित्र भवन सन्चालन भएको छ । स्थानीय युवाहरुले समयको माग अनुसार चलचित्र भवनको सन्चालन गरेका हुन् ।
विदुर नगरपालिका ४ बट्टारमा आधुनिक प्रविधिको ‘शिवालय सिनेप्लेक्स’ सन्चालनमा आएको छ । सो चलचित्र भवनको आइतवार चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसीले उद्घाटन गरे ।
उनले समाजलाई सकारात्मक सन्देश दिने माध्यम चलचित्र भएको र यसले सामाजिक विषयवस्तु तथा मानिसलाई सकारात्मक वनाउनेसमेत वताए । अध्यक्ष डिसीले चलचित्रको गुणस्तरियता र विकासका लागि वोर्डले विशेष कार्य गरिरहेकोसमेत वताए । अध्यक्ष डिसीले नेपालको चलचित्र क्षेत्र विकास र आधुनिकतामा गइसकेको जनाउंदै अव आधुनिकताको सदुपयाृग गरेर प्रदर्शनका लागि नया र पुराना चलचित्र भवनहरु मपदण्ड पुरा गरेर सन्चालन गरिनु पर्ने आवस्यकता औलाए । उनले आफुले कार्यभार सम्हालेदेखि सात महिनाको अवधिमा ५६ वर्षदेखि वन्न नसकेको चलचित्र ऐन संसदमा प्रस्तुत भएको र पास हुने प्रक्रियामा रहेको, ६० वर्षदेखि वन्न नसकेको इन्डोर स्टुडियो सिनेपाको निर्माण सुरु भएको र १६ वर्षदेखि वन्न नसकेको रियल टाइम वक्स अफिस तयार भएर उद्घाटनको प्रक्रियामा रहेको वताए ।
कार्यक्रममा नेपाल चलचित्र संघका उपाध्यक्ष गोपाल कायस्थले नेपालको चलचित्र वजार उकालो लागिरहेको वताए । चलचित्रको वजार वढाउन पुराना र वन्द भएका हलहरुलाई पुर्ननिर्माण गरि मापदण्ड अनुसार सन्चालन गरेमा चलचित्र विकास वोर्डले सहयोग गर्नु पर्ने उनले वताए ।
चलचित्रमा सवै समुदायका दर्शकको चाहनालाई समेत मध्यनजर गर्दे आधुनिक, डिजिटलाइज, उच्च स्तरिय साउण्ड, आरामदायी सिट र एयर कण्डिसनसहितको सुविधा भएको चलचित्र भवन ‘शिवालय सिनेप्लेक्स’ संचालनमा ल्याइएको सन्चालक सन्तोषसरमग अधिकारीको भनाई छ । यसले चलचित्रको प्रवद्र्धनका साथै व्यापार र पर्यटनमासमेत मद्धत पुगेको अधिकारीले वताए ।
नुवाकोट, रसुवा र धादिङको उत्तरी भेगमा एउटै चलचित्र भवन नभएको र दर्शकहरुको सुविधाका लागि आफुहरुले आधुनिकता दिएर हल सन्चालन गरेको अर्का सन्चालक पासाङ लामा गोपालले वताए । शिवालय मल्टिप्लेक्स भवनलाई लाखौं खर्च गरेर स्थानीय दुईजना युवा ब्यवसायीहरुले नयाँ रुप दिई संचालनमा ल्याएका हुन् ।
ठूलो पर्दामा, अत्याधुनिक प्रविधिमा युवा ब्यवसायीहरु बिदुर १२ चारघरेका सन्तोषसरगम अधिकारी र बिदुर ४ बट्टारका पासाङ लामा गोपालले चलचित्र भवन संचालनमा ल्याएका हुन् । उद्घाटनका क्रममा आइतवार पन्चेवाजा तथा झांकीसहित चलचित्र पवकास वोर्डका अध्यक्ष दिनेश डिसीलगायतका चलचित्रकर्मीलाई स्वागत गरिएको थियो ।
‘शिवालय सिनेप्लेक्स’को दर्शक क्षमता दुईसय ४० जनाको रहेको छ । सिनेप्लेक्समा  प्रत्येक शनिवार दैनिक चार शो र अनय दिन तीन शो चलचित्र प्रदर्शन गरिने संचालक अधिकारीले जानकारी दिए । अनलाईन बुकिङको प्रक्रियामा रहेकोले अर्को सातादेखि अनलाईनमार्फत् टिकट खरिद गर्न मिल्न सकिने उनले बताए ।
हल उद्घाटन कार्यक्रममा विदुर नपाका पुर्व मेयर सन्जु पण्डित, जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष वुद्धिवहादुर प्रधान, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतको सहभागिता रहेको थियो । सिनेप्लेक्समा महानायक राजेश हमालले अभिनय गरेको चलचित्र ‘नरसिंहा अवतार’को पहिलो प्रदर्शन गरिएको छ ।
योे चलचित्र शुक्रवारैदेखि देशैभर प्रदर्शनमा आएको हो । उक्त चलचित्रमा अभिनेता हमालसँगै सरोज खनाल, प्रशान्त ताम्राकार, राजीव मानन्धर टार्जन, राज कटुवाल, निति शाह, सनिषा भट्टराई, दीपा शाही, उषा खड्गी र बाल–कलाकारहरू एभेलिना खड्का र समाइरा थापाले अभिनय गरेका छन् ।
चलचित्र ‘नरसिंहाः अवतार’ नेपालभर १३३ शो प्राप्त गरेको निर्माण पक्षले जनाएको छ । नेम महर्जन, दीपक शर्माढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेले यो चलचित्रलाई संयुक्त रूपमा निर्माण गरेका हुन् भने यस चलचित्रले नेपाली राजनीति र यसको वरिपरिको विषयलाई पर्दामा कथानक रुपमा उतारेको छ ।

 


सर्वाधिक रुचाइएको