सुत्केरीलाई पोषण सामग्री प्रदान
स्वास्थ्य सुरक्षामा जोड
विदुर–स्वास्थ्य सुरक्षामा जोड दिदै नुवाकोटको विदुर नगरपालिका ५ ले सुत्केरीहरुलाई पोषण सामग्रीहरु प्रदान गरेको छ । यसवाट सुत्केरीहरु लाभानिवत भएका छन् ।

विदुर ५ वडा कार्यालयले स्वास्थ्य सुरक्षामा मजवुतीको जोड दिदै एकसय जना सुत्केरीहरुलाई पोषण सामग्री प्रदान गरेको हो । चालु आर्थिक वर्षको अन्तिम चरणको कार्यक्रमस्वरुप सुत्केरीहरुलाई वडाध्यक्ष लीलानाथ न्यौपाने, वडा सदस्यहरु होमवहादुर कुमाल, विनोद चित्रकार, वडा सचिव शिवहरि गजुरेललगायतले पोषण सामग्री हस्तान्तरण गरेका हुन् ।

वडा कार्यालयमा आयोजित कार्यक्रममा अण्डा खाने सुत्केरीलाई एक/एक क्रेट अण्डा र अण्डा नखाने सुत्केरीलाई एक÷एक वोत्तल हर्लिक्स प्रदान गरिएको हो । यसवाट वडाका सुत्केरी महिलाहरुको स्वास्थ्य सुरक्षामा जोड पुग्नुका साथै स्वास्थ्य सचेतनामा सहज भएको वडाध्यक्ष लीलानाथ न्यौपानेले वताए ।












































