दुप्चेश्वरमा थप विकास गर्ने मुख्यसचिवको प्रतिवद्धता
विदुर–प्रसिद्ध दुप्चेश्वर मन्दिरमा थप भौतिक संरचनाको विकास गरिने नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले प्रतिवद्धता जनााएका छन् । उनले दुप्चेश्वर नुवाकोटको मात्रै नभई देशकै प्रमुख तीथस्थलमा परिणत भइसकेका कारण यसको विकास र विस्तारका लागि आफुले सहयोग गर्ने प्तिवद्धता जनाएका हुन् ।
दुप्चेश्वर गाउंपालिका ६ स्थित करेजुङको पहरामा रहेको दुप्चेश्वर मन्दिर पशुपतिनाथको पर्यायको रुपमा परिचित रहेको छ । दुप्चेश्वर महादेव धामको भौतिक पुर्बाधार विकास, सवारी साधनको लागि पार्किङस्थललगायत अन्य विकास निर्माणमा आफुले कार्य गर्ने मुख्यसचिव अर्यालले मन्दिर पुगेर प्रतिवद्धता जनाएका हुन् ।

उनले आर्थिक बर्ष २०८२/०८३ का लागि आबश्यक बजेट ब्यबस्थापनको लागि प्रतिबद्धता ब्यक्त गर्नु भएको दुप्चेस्वर क्षेत्र बिकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले वताए । कोषको टोलीले मन्दिरमा मुद्रा संग्रहालयका प्रमुख मायादेवी अर्याल तथा उच्च सरकारी अधिकारहरुलाई दुप्चेश्वर महादेव धाममा गापा अध्यक्ष्ँ शंकरवहादुर थापा, उपाध्यक्ष माकुरी तामाङलगायतले स्वागत गर्दै पुजाआजामा सरिक गराएका थिए ।
प्रसिद्ध दुप्चेश्वर मन्दिरमा जानका लागि यातायातको सहजतासंगै भक्तजनहरु जाने/आउने क्रम वढिरहेको छ । पछिल्लो वर्ष मन्दिरमा आउने भक्तजनको सहभागिता वढिरहेको र उचित व्यवस्थापनका लागि कोष तथा दुप्चेश्वर गापा कार्यालय क्रियाशील रहेको छ ।

दुप्चेश्वर मन्दिर हिन्दु र वौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्र रहेको छ । ऐतिहासिक तथा धार्मिक महत्वको दुप्चेश्वर महादेव मन्दिरमा विशेष गरि शनिवार, सोमवार, विहीवार तथा धान्यपुर्णिमा र शिवरात्रीको अवसरमा विशेष मेला लाग्ने गरेको दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाले वताए ।
उनका अनुसार अनुसार दुप्चेश्वर मन्दिर जान नुवाकोटको सदरमुकाम विदुर र काठमाडौवाट सिधै यातायातको साधन जाने गरेको छ । सितल र चिसो वातावरण रहेकाले पनि गर्मी याममा सो मन्दिरमा भक्तजनहरु आगमन वढिरहेको छ ।













































