छहरे–टोखा सुरुङमार्गलाई प्राथमिकता

नेपाल–चीन दुरी छोट्टिदै
लोकखबर
२०८२ जेष्ठ २१, बुधबार २१:०८

विदुर–वहुचर्चित छहरे–टोखा सुरुङमार्गका लागि सरकारले प्राथमिकता दिदै वजेट विनियोजन गरेपछि नुवाकोटवासी निकै खुसी भएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को को बजेटमा छहरे–छहरे सुरुङमार्गका लागि वजेट विनियोजन गरेपछि दुरी छोट्टिने भएपछि सर्वसाधारण हौसिएका हुन् ।
सो सुरुङमार्गले काठमाडौ प्रवेशका लागि छोटो दुरी रहने प्राविधिकहरु वताउंछन् । प्रस्तावितक सुरुङमार्ग वन्ने स्थानवाटै हाल पृथ्वी राजमार्गको नौविसे–नागढुंगा सडकमागै चाप भएका वेला यातायातका साधानहरु गल्छी–देवीघाट–गंगटे–छहरे–टोखा हुदै काठमाडौ पुग्ने र वाहिरिने गरेका छन् ।

वहुप्रतिक्षित छहरे–टोखा सुरुङमार्गका कारण नेपाल–चीनवीचको भौगामेलिक दुरीसमेत कम हुने र आयातनिर्यातमा सहजता आउने जनाइएको छ । सुरुङमार्गका लागि सरकारले वजेट विनियोजन गरेकोमा सकारात्मक रुपमा लिदै वागमति प्रदेशका पुर्वममन्त्रि तथा एमाले केन्द्रीय सदस्य केशवराज पाण्डेले यसले दुई देशवीचको व्यापार प्रवद्र्धनमासमेत महत्व खेल्ने वताए ।
नुवाकोटको शिवपुरी गाउंपालिकाको छहरे र राजधानीको टोखा जोड्ने राष्ट्रिय परिकल्पनाको आयोजना छहरे–टोखा सुरुङमार्ग निर्माणको योजना आगामी आर्थिक वर्षको बजेटमा समेटिएपछि नुवाकोटवासी निकै खुसी भएको वागमति प्रदेशका पुर्वमन्त्रि तथा एमाले नुवाकोटका अध्यक्ष वद्री मैनालीले वताए । यस छहरे–टोखा सुरुङमार्गलाई अव पहिलो प्राथमिकतामा राखेर सरकारले निर्माण कार्यको सवै प्रक्रिया पुरा गर्नुपर्ने उनको भनाई छ ।

सरकारले वजेट विनियोजन गरेको छहरे–टोखा सुरुङमार्ग समेत सम्भाव्यता अध्ययन आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने जनाएको छ । साथै आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले यस सुरुङमार्गलाई निर्माण गर्न विस्तृत अध्ययन गरिने समेत बताएको छ ।
सुरुङमार्गलाई प्राथमिकता दिँदै सरकारले आगामी आर्थिक वर्ष काठमाडौं–केरुङ्ग सुरुङमार्गको विस्तृत परियोजना अध्ययन प्रतिवेदनसमेत तयार गरिने जनाएको छ । यस विशेष परियोजना अहिलेको बजेटमा मात्र होइन, विगतदेखि सुरुङमार्ग बजेटमा पर्दै आएको र यसलाई अव भने निर्माणका लागि निरन्तरता दिइनु पर्ने शिवपुरी गाउंपालिकाका अधयक्ष गोविन्द थपलियाको भनाई छ ।
गत २०७६ साल कात्तिकमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुुँदा छहरे–टोखा सुरुङ मार्ग बनाउने सहमति भएको थियो । तर, चीनले सुरुङमार्गको काम अघि बढाएको छैन् ।

चीनसमेत छहरे–टोखा सुरुङमार्गलाई विशेष प्राथमिकतामा राखेको छ । चीनले सो सुरुङमार्गे अनुदानमा वनाइदिनु पर्नेु नेपालको तर्क छ । सो सुरुङ मार्ग अध्ययनका क्रममा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
बजेटमा प्रस्ताव गरिएका छहरे–टोखासहित अन्य सुरुङमार्गका परियोजनाबारे हाल मन्त्रालयले अध्ययन गरिरहेको छ । अध्ययनपछि आर्थिक तथा प्राविधिक रुपमा सम्भाव्य देखिएमा निर्माणको काम अघि बढ्ने प्राविधिक पक्षको तर्क छ ।

यसका लागि सरकारले स्रोत व्यवस्थापनका साथै अन्य तयारी अगाडि बढाउने भएको छ । त्यसरी नै अव छहरे–टोखालगायतका देशकै अन्य सुरूङमार्गको सम्भाव्यता अध्ययन सक्ने लक्ष्य सरकारको छ ।


सर्वाधिक रुचाइएको