गाडीसहित फसेका चिनीया पर्यटकको उद्धार

सडक खनेर उद्धार गरे स्थानीयवासीले
देवचन्द्र भट्ट
२०८२ जेष्ठ २४, शनिबार १९:०८

विदुर–नुवाकोटको काफ्लेथुम्कोमा शनिवार चिनीया गाडीसहित पर्यटकको  उद्धार गरिएको छ । गलत र विग्रेको जीर्ण स्थानमा पुगेको चिनियाँ गाडीको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
ककनी हुदै शिवपुरी गाउंपालिका ८ काफ्लेथुम्कोमा छहरे–टोखा सडठकमार्ग पहिल्याउंदै आएको दुई जना चिनीया नागरिक सवार गाडी वाटो भुलेर निकै जीर्ण र पहिरोग्रस्त स्थानमा पुगेकोमा स्थानीयवासी र सुरक्षाकर्मीले उद्धार गरि पठाएको छहरे प्रहरीले जनाएको छ ।

सो चिनीया गाडीमा एक महिला र एक पुरुष गरि दुई जना चिनीया नागरिक रहेका थिए । उनीहरुको नाम ज्येन फ्याङ जुङग र याङ या रु हो ।
उनीहरु चढेको यु३८९ एफसि नम्वरको चीनिया गाडी ककनी हुदै झर्दै गरेकोमा विग्रेको वाटो र गलत स्थानमा पुगेर जीर्ण स्थान फसेका थिए । स्थानीयवासीले देखेर उद्धार गर्दा गाडीमा उनीहरु दुई जना मात्रै रहेका थिए ।

स्थानीयवामसीले विभिनन औजार तथा उपकरणले वाटो खनेर उनीहरुसहितको गाडीको उद्धार गरेका थिए । थानापतीस्थित काफलडाँडा–चैजुनारायण–ककनी जोड्ने मोटरबाटोमा चिनियाँ नागरिक गाडी बाटो काफलडाँडा हुँदै केरूङ्ग जान खोज्दा भीरमा फसेकोमा उद्धार गरिएको स्थानीयवासी कोषराज थपलियाको भनाई छ ।
उनका अनुसार अति जीर्ण र खराव मोटरबाटोमा प्रवेश छिरेपछि गाडी वीचमै अलपत्र परेर वसेकोमा स्थानीयवासी र सुरक्षाकर्मीले उद्धार गरेर चीनको केरुङतर्फ पठाएका हुन् ।

स्थानीयवासीले प्रहरीको सहयोगमा उक्त बाटो स्थानीय औजारको मद्दतबाट खन्नुका साथै मर्मत गरेर चिनियाँ पर्यटकसहितको गाडीलाई उद्धार गरिएको प्रहरीले जनाएको छ । उक्त मोटरवाटो मर्मत र पुर्ननिर्माण गर्न स्थानीयवासीले माग गरेका छन् ।
सांढे सात वजे फसेको चिनीया पर्यटकको गाडी सांढे दुर्य घण्टापछि उद्धार गरिएको थियो । उक्त मोटरबाटोमा स्थानीयवासीको सजगता र उदारताका कारण ठूलो दुर्घटना टरेको स्थानीयवासी विपुल पाण्डेको भनाई छ ।

 

 

 

 

 

 


सर्वाधिक रुचाइएको