सुर्यगढी पूर्ण खोप सुनिश्चित घोषणा
विदुर–जन्मेदेखि १५ महिना भित्रका सम्पुर्ण वालवालिकाहरु खोपको पहुंचमा रहेको नुवाकोटको सुर्यगढी गाउंपालिकाले जनाएको छ । यससंगै सुर्यगढी गापा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
कार्यक्रमका वीच सुर्यगढी गापा पुर्णखोप वडा सुनिश्चितता तथा दिगोपना कार्यक्रम घोषणा गरिएको हो । सुर्यगढी गापाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा जन्मेदेखी १५ महिना भित्रका सबै बालबालिका खोपको पहुचमा रहेको सुनिश्चित भएसँगै सुर्यगढी गापा पुर्णखोप वडा सुनिश्चितता तथा दिगोपना कार्यक्रम घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा सुर्यगढी गापा अध्यक्ष सन्तबहादुर घले, उपाध्यक्ष मन्जु बुढाथोकीढकाल, प्रमुख प्रशासकीय अधिकृत शैलेशकिरण राई चाम्लिङ, जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख तथा बरिष्ट जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारी, खोप अधिकृत अमृत महर्जन, सूर्यगढी गापाको विभिन्न वडाका वडाध्यक्षहरु, स्वास्थ्य सँस्थाका प्रमुख तथा स्वास्थ्यकर्मी विद्यालय नर्सहरु, खोप कार्यकर्ताहरु, महिला स्वास्थ्य स्वंयमसेविकाहरु लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम राख्न योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ ।
यसअघि नै उक्त सुर्यगढी गापा र यसमा रहेका वडाहरु पूण खोप सुनिश्चित घोषणा भइसकेकाले यस कार्यक्रममार्फत पूर्ण खोप वडा सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । स्वास्थ्य शाखाले वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएसगैँ अब जनस्वास्थ्य कार्यालयले पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने प्रावधान रहेको छ ।












































