बिद्यार्थीलाई झोला तथा स्टेशनरी
– ५० जनालाई प्रदान
बिदुर – नुवाकोटको जिलिङस्थित एक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी सामग्रीहरु प्रदान गरिएको छ । यसवाट विद्यार्थीहरु निकै खुस िभएका छन् ।

बेलकोटगढी नगरपालिका ८ जिलिङस्थित कल्याणी देवी माविमा अध्ययनरत ५० जना बालबालिकाहरूलाई स्कुल ब्याग तथा स्टेस्नरी सामग्रीहरू वितरण गरिएको हो । विद्यालयमा आयोजित कार्यक्रममा लायन्स क्लव अन्तर्गत बिभिन्न समूह महारुद्र महिला समूह परिवारले विद्यार्थीहरुको शैक्षिक विकासको उद्धेश्यले झोला तथा स्टेशनरी सामग्रीहरु प्रदान गरेको वडाध्यक्ष सुरेशलाल चित्रकारले जानकारी दिए ।













































