ग्रामीण महिलाहरुको स्वास्थ्य परिक्षण
बिदुर – नुवाकोटको जिलिङमा ग्रामीण महिलाहरुको स्वास्थ्य परिक्षण गरिएको छ । यसवाट गाउंका महिलाहरुलाई सुधिवा पुगेको छ । बेलकोटगढी नगरपालिका ८ जिलिङमा आधुनिक प्रविधिमार्फत महिलाहरुको पाठेघरको क्यान्सरको परिक्षण गरिएको हो ।

कार्यक्रममा स्तन क्यान्सर सम्बन्धि जनचेतनाका साथै पिसाब चुहिने समस्याको जाँच, पाठेघर खस्ने समस्याको जांच, सुगर परीक्षण र ब्लड प्रेसर परीक्षण पनि गरिएको वडाध्यक्ष सुरेशलाल चित्रकारले वताचए । उनका अनुसार आवश्यकता अनुसार निःशुल्क औषधि समेत वितरण गरिएको थियो । एक चिकित्सकसहित पांच जना स्वास्थ्यकर्मीमार्फत गरिएको स्वास्थ्य परिक्षण सेवाबाट ८९ जना ग्रामीण महिलाहरुले लाभ लिएका छन् ।

स्वास्थय परिक्षण लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई, नेपाल एरिया २, रिजन ४ र जोन १० अन्र्तगत रहेका विभिन्न लायन्सक क्लबहरुको संयुक्त आयोजना र काठमाडौं मोडल अस्पतालको प्राविधिक सहयोग तथा बेलकोटगढी नपा ८ को सहकार्यमा सम्पन्न भएको हो । गाउंमै स्वास्थ्य परिक्षणको सेवा पाउंदा महिलाहरु निकै खुसी भएका छन् ।






















































