म्यागङमा अनिवार्य र निःशुल्क शिक्षा लागू
पांचसय वालवालिकालाई शिक्षाको पहुंचमा ल्याइने प्रतिवद्धता
विदुर–नुवाकोटको म्यागङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिएको छ । कार्यक्रमकावीच उक्त पालिकालाई सोमवार अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिएको पालिका घोषित गरिएको छ ।
म्यागङ गापामा रहेका सवै विद्यालयहरुमा अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिएसंगै अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिएको पालिका घोषित गरिएको गापा अध्यक्ष आशावहादुर तामाङले वताए । गापा आयोजित विशेष कार्यक्रममा म्यागङ गापामा रहेका सवै विद्यालयहरुमा अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिएको प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गरेर बागमती प्रदेश सभा सदस्य रमेशकुमार महतले उक्त घोषणा गरे ।

उक्त गापामा तत्काल पांचसय जना वालवालिकाहरुलाई शिक्षाको पहुंचमा ल्याइने योजना रहेको छ । महतले अवको शिक्षा प्रणाली आत्मनिर्भर र स्वरोजगारमुलक हुनुपर्ने वताए ।
वालवालिकाहरुलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क उपलब्ध गराउने संबैधानिक उद्धेश्यको ब्यवहारिक कार्यक्रमको सुरुवात भएको निकै सकारात्मक रहेको महतले बताए । अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रमको व्यवहारिक कार्यान्वयनका लागि सरोकारवाला सबै पक्षको ऐक्यबद्ध प्रयत्न रहनुपर्नेमा जोड दिए ।
कांग्रेस नुवाकोटका सभापतिसमेत रहेकका प्रदेश सभा सदस्य महतले म्यागङ पर्यटन प्रबद्र्धनका लागि ठुलो सम्भावना लिएको स्थाना भएकाले यसलाई सार्थक बनाउने सबै तहका सरकारहरुबिच समन्वयात्मक सहकार्य हुनुपर्ने धारणा ब्यक्त गरे । कार्यक्रममा महतले म्यागङ गापा अध्यक्ष आशावहादुर तामाङसहित सो गापाका ६ वटै वडाका वडाध्यक्षहरुलाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको प्रमाणपत्र समेत बितरण गरेका छन् ।

कार्यक्रममा म्यागङ गापा अध्यक्ष आशावहादुर तामाङले अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका घोषणाले म्यागङको समृद्धिका लागि महत्वपूर्ण आधार तयार भएको बताए । उनले यसको दीर्घकालीन कार्यान्वयनमा देखिएका जटिलतालाई हटाउँदै सार्थक कार्यान्वयनमा सदैब प्रयत्नरत रहने बताए ।
कार्यक्रममा म्यागङकी उपाध्यक्ष सीता वाइवा, निमित्त प्रमुख प्रशासकीय अधिकृत देबकी सिम्खडा, जिल्ला खेलकुद बिकास समिति नुवाकोटका अध्यक्ष बिजय गुरुङ तथा बिभिन्न वडाका वडाध्यक्षहरुले अनिवार्य तथा निःशुल्क शिक्षाको महत्व, कार्यान्वयनका चुनौती लगायतका बिषयमा आफुहरु पनि सक्रियता वढाउने धारणा राखेका छन् ।

यसैवीच, म्यागङ गापा १ लाई पनि सोमवारै अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको वडा घोषणा गरिएको थियोे । म्यागङका अन्य पाँचवटा वडाहरु यस अघि नै अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको वडा घोषणा भइसकेका थिए ।
आगामी सन् २०२५ सम्म बागमती प्रदेशका सबै स्थानीय तहलाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका घोषणा गरि प्रदेश घोषणा गर्ने कार्यक्रमलाई प्रदेश गौरबको कार्यक्रमका रुपमा लिँदै बागमती प्रदेश सरकारले कार्यक्रम संचालनका लागि स्थानीय तहहरुलाई सहयोग गर्दे आएको छ ।












































