किसानका समस्यामा तीन मन्त्रालय एकजुट

– समस्या समाधानका लागि सामूहिक अन्र्तक्रिया
लोकखवर विशेष संवाददाता
२०८३ श्रावण २२, शुक्रबार २३:५८

बिदुर – किसानका समस्या समाधानमा तीन मन्त्रालय सामूहिक सक्रियतामा जुटेका छन् । उनीहरुले सामूहिक रुपमा अन्र्तक्रियासमेत गरेका छन् । किसानको पसिना खेर जानु नदिने, किसानका उत्पादनले बजार पाउनुपर्ने, रासायनिक मल समयमै पुग्नुपर्ने, मेहनतको उचित मूल्य सुनिश्चित हुनुपर्नेलगायतका विषयलाई केन्द्रीत गरेर सूचना तथा सञ्चार, कृषि, वन तथा पर्यावरण, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालय र किसानका प्रतिनिधिबीच संयुक्त छलफल सम्पन्न भएको हो ।

किसानले उठाएका माग र गुनासाहरुलाई नीतिगत र व्यवहारिक रूपमा समाधान गर्ने कार्यमा तत्काल आवश्यक समन्वय अघि बढाइएको छ । सूचना तथा सञ्चारमन्त्रि डा. विक्रम तिमिल्सिना, कृषि मन्त्रि गीता चौधरी, बाणिज्य मन्त्रि गौरी कुमारी तथा प्रतिनिधि सभा सदस्यहरु डा. अचुतम लामिछाने, बोधनारायण श्रेष्ठ, बदनकुमार भण्डारी कृषि तथा बाणिज्य मन्त्रालयको अधिकारी तथा कृषक तथा सरोकारवालालगायको संयुक्त अन्र्तक्रिया सम्पन्न भएको छ । अन्र्तक्रियामा कृषिसँग सम्वन्धित वृहत छलफल, परामर्श गरिनुुका साथै कृषि मन्त्रालयले तत्काल चाल्नुपर्ने कदमका सम्वन्धमासमेत सामूहिक छलफल भएको सहभागीहरुले वताए ।

नुवाकोट, धादिङ, काभ्रेलगायत देशका किसानहरुले भोग्नु परेका समस्यालाई छलफल गरी सत्य तथ्य बुझने तथा समस्या समाधानको पहल गर्ने सूचना तथा संचार मन्त्रि डा. विक्रम तिमिल्सिनाले प्रतिवद्धता जनाए । सांसद डा. अचुतम लामिछानेले किसानहरुको समस्याका साथै स्वास्थ्य क्षेत्रमा नुवाकोटको त्रिशूली अस्पतालमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको अभाव रहेको विषयलाई सम्बन्धित निकायसमक्ष निरन्तर रूपमा उठाउँदै आवश्यक पहल गर्नु पर्नेमा जोड दिए । केही दिनभित्रै त्रिशूली अस्पतालमा आवश्यक विशेषज्ञ चिकित्सकहरू आउने प्रक्रिया अगाडि बढेको जनाइएको छ ।

स्थानीयवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ गरिएको उक्त पहलले जिल्लावासीलाई राहत पुग्ने अपेक्षा गरिएको छ । विशेषज्ञ चिकित्सकहरूको आगमनसँगै त्रिशूली अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवाको गुणस्तरमा थप सुधार हुने विश्वास गरिएको छ ।


सर्वाधिक रुचाइएको