देवीघाट आश्रमलाई आर्थिक सहयोग

– आश्रित वृद्ध बाआमालाई भोजन
लोकखबर
२०८३ श्रावण २३, शनिबार २३:४०

बिदुर – नुवाकोटको देवीघाटस्थित वृद्धाश्रमलाई आर्थिक श्रोत जुटेको छ । विभिन्न दाताहरुले नगद तथा जिन्सी सहयोग गरिरहेका छन् । देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा खोज्छन् सबै सुख भनि सुख त्यो कहाँ छ?, आफु मेटाइ अरुलाइ दिनु जहाँ छ भन्ने मुल नाराका साथ विभिन्न दाताहरुले वृद्धाश्रममै पुगेर आर्थिक तथा जिन्सी सहयोग गरिरहेका छन् । नुवाकोटको किस्पाङ गाउँपालिका १ भाल्चेका दम्पत्ति मानबहादुर घले र माइवी घलेकी छोरी स्मृति घलेको २७ औं जन्मोत्सवको अवसरमा शनिवार वृद्धाश्रम पुगेर नगद १६ हजार रुपैया आर्थिक सहयोग प्रदान गरेका हुन् ।

उक्त रकमवाट प्रतिष्ठानमा आश्रित ३५ जना वृद्ध बाआमाहरूलाई भोजन व्यवस्थापन गरिएको प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले जानकारी दिए । यसका साथै नुवाकोटकै बिदुर नगरपालिका ५ पिपलटारका रामकृष्ण पुडासैनीले आफ्नो ४७औं जन्मोत्सवको अवसरमा प्रतिष्ठानमा पुगेर शनिवार १० हजार रुपैया प्रदान गरेका छन् ,
उक्त रकमवाट प्रतिष्ठानमा रहेका वृद्ध बाआमाहरूलाई मिष्ठान्न भोजन व्यवस्थापन गरिएको प्रतिष्ठानले जनाएको छ । उक्त कार्यक्रममा प्रतिष्ठान अन्तर्गतको ज्येष्ठ नागरिक मानव सेवा आश्रम सन्चालन कार्य समितिका अध्यक्ष विष्णुप्रसाद नेपाल, कार्य समिति सदस्यहरु, सल्लाहकार समिति तथा आजीवन सदस्यहरुकोसमेत सहभागिता रहेको थियो ।


सर्वाधिक रुचाइएको