तेक्वान्दोको पांचौ अधिवेसन
– शरणलाई अध्यक्षको जिम्मा

बिदुर– नुवाकोट जिल्ला तेक्वान्दो संघको पांचौं अधिवेशनमा सम्पन्न भएको छ । अधिवेसनले नयां कार्य समिति निर्विरोध चयन गरेको छ ।
विदुरमा सम्पन्न अधिवेसनले आगामी चार वर्षे कार्यकालका लागि सुर्यगढीका शरण घलेतामाङको अध्यक्षतामा आठ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । निर्विरोध निर्वाचित भएका कार्यसमितिको उपाध्यक्षमा रामचन्द्र तामाङ र कोषाध्यक्षमा सुमन श्रेष्ठ रहेका छन् ।
संघका सदस्यहरुमा सुजन मोक्तान, कविन्द्र कारन्जित, शर्मिला श्रेष्ठ, विशाल तामाङ र रन्जित तामाङ चयन भएका छन् ।