वन पैदावारको अधिवेसन

– उद्योग व्यवसाय प्रभावकारी वनाइने
लोकखबर
२०८३ मंसिर ६, शनिबार २३:०१

बिदुर – उद्योग व्यवसायलाई प्रभावकारी वनाइने प्रतिवद्धतासहित नुवाकोट वन पैदावर काष्ठ उद्योग व्यवसायी संघको अधिवेसन बिदुरमा समपन्न भएको छ । अधिवेसनले नयां कार्य समिति चयन गरेको छ । अधिवेसनले आगामी कार्यकालका लागि संघको अध्यक्षमा जीवनमणी पौडेललाई चयन गरेको छ ।

संघको सम्पन्न दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभाले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । अध्यक्षसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।

यसअघि अधिवेसनको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले उद्घाटन गरेका हुन् । उनले व्यवस्थित र पारदर्शी व्यवसायको आवस्यकता रहेको वताए । नुवाकोटमा दर्ता गरेर संघले व्यवसायीहरुलाई आवद्धता गराएको छ ।


सर्वाधिक रुचाइएको