भवन पुर्ननिर्माणका लागि अभिनेता गिरीले गरे प्रहरीलाई सहयोग

– प्रहरी कार्यालयमै पुगेर चेक हस्तान्तरण
लोकखबर
२०८२ आश्विन ५, आईतवार २०:५३

बिदुर– एक जना चर्चित अभिनेताले जेनजी पुस्ताको आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी कार्यालय पुर्ननिर्माणका लागि आर्थिक सहयोग गरेका छन् । चर्तित कलाकार दीपकराज गिरीले प्रहरी कार्यालय पुर्ननिर्माणका लागि आर्थिक सहयोग गरेका हुन् ।
जेनजी आन्दोलनका क्रममा क्षति पुगेको प्रहरी चौकी पुनर्निर्माणका लागि अभिनेता तथा निर्माता दीपकराज गिरीले आफ्नो मूल घर थानकोटस्थित ’थानकोट प्रहरी वृत्त’ पुर्ननिर्माणका लागि आर्थिक सहयोग गरेका हुन् । अभिनेता तथा निर्माता गिरीले आफ्नै जन्मथलो काठमाडौंको थानकोटस्थित प्रहरी वृत्तलाई पुर्ननिर्माण तथा आर्थिक सहयोग गरेका हुन् ।

उनले प्रहरी कार्यालय पुगेर प्रहरी नाउव उपरिक्षक एलिजा गिरीलाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । गत भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा क्षतिग्रस्त भएको प्रहरी चौकी पुनर्निर्माणका लागि आफुले प्रहरीको मनोवल उच्च राख्न र प्रहरीलाई सामाजिक रुपमा सदैव साथ समर्थन गर्ने उद्धेश्यले सहयोग गरेको वताए ।
‘कार्यालय क्षतिग्स्त भएको परिस्थितिमा प्रहरी साथीहरुको मनोबल बढाउन र पुनर्निर्माण अभियानको सुरुवात गर्ने उद्देश्यले सहयोग गरेको हुँ,’ गिरीले अगाडि भने । उनका अनुसार परिस्थितिअनुसार अन्यत्र पनि सहयोग गर्ने योजना छ ।
गत साता भएको आन्दोलनका क्रममा थानकोट प्रहरी कार्यालयमा आगजनी र तोडफोड हुँदा करोडौं रुपैया बराबरको भवन, प्रविधि तथा सञ्चार उपकरण, पोशाक र संरचनामा क्षति पुगेको थियो । थानकोट प्रहरी कार्यालयको नयाँ भवनबाट पाँच महिना अगाडि मात्रै कामकाज सुरु भएको थियो ।

प्रारम्भिक विवरणअनुसार उक्त दिनको घटनामा कुल ७ करोड रुपैयाँ वरावरको क्षति भएको अनुमान छ । गिरीसंगै अन्य कलाकारहरूले समेत सामाजिक भावना अनुसार सहयोग जुटाउन थालेका छन् ।


सर्वाधिक रुचाइएको