बाढी प्रभावित नुवाकोटको स्थगलगत अवलोकनमा पुर्वप्रधानमन्त्री नेपाल
बिदुर – पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल झण्डै एक महिना अगाडिको अकल्पनीय बाढीले क्षतिग्रस्त नुवाकोटमा स्थलगत भ्रमण गरेका छन् । उनले बाढीले क्षति गरेका विभिन्न संरचनाको जानकारीसमेत लिएका छन् । नेकपाका सह–संयोजकसमेत रहेका नेपालले वुधवार दलवलसहित नुवाकोटको बाढीग्रस्त बिदुर र बेलकोटगढी नगरपालिकालगायतका विभिन्न स्थानमा बाढीले ध्वस्त पारेको विभिन्न बजार, घर, कार्यालय तथा अन्य संरचनाको स्थलगत अवलोकन गरेका हुन् । उनले युवा दस्ताको सहयोगमा निर्माण भइरहेको बाढीबाट प्रभावित हरुको लागि निर्माण गरिरहेको संरचनाको पनि अवलोकन गरेका छन् ।

स्थलगत रुपमा सडकमार्ग हुदै नुवाकोट आइपुगेका पुर्व प्रधानमन्त्री नेपालसहितको टोलीद्वारा बाढी प्रभावित नुवाकोटको रातमाटे, काशीटार, वुधसिङघाट, जिलिङ, देवीघाट, ढुंगे, त्रिशूलीलगायतको स्थलगत अनुगमन गरेका हुन् । उनले विपदमा तीनै तहको सरकारले प्रभावकारी रुपमा बाढी पीडितहरुको पुर्नस्थापना र स्वास्थ्य सुरक्षामा ध्यान दिनु पर्ने वताए । उनले तीनै तहको सरकारले कार्य प्राथमिकता गरि पुर्नस्थापना, पुर्ननिर्माण तथा आवतजावतको संरचनाको निर्माण गर्नुपर्ने वताए । नेपालले विपदको यो अवस्थामा सामूहिक सहकार्यको भावनाले काम गर्नुपर्नेसमेत वताए ।

नेपालसहितको टोलीले लेन्देखोलावाट भोटेकोसी हुदै त्रिशूलीमा आएको बाढीबाट प्रभावित पहाडि संरचना रहेका नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गरेको हो । अनुगमनका क्रममा टोलीले बाढीबाट क्षतिग्रस्त बजार, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनाको अवस्थाबारे जानकारी लिएको हो ।
टोलीले बाढीबाट विस्थापित व्यक्तिका परिवारसँग भेट गरी उनीहरूको पछिल्लो अवस्था, तत्कालीन आवश्यकता तथा पुनःस्थापना र पुनर्निर्माणका लागि आवश्यक पहलका विषयमा जानकारी लिएको छ ।

नेपालको टोलल् िबिदुर नगरपालिका ५ स्थित वाणांको चौतारोमा अस्थायी रुपमा बाढी पीडितहरुलाई राखिएको आवास केन्द्रकोसमेत निरीक्षण गरे । नेपाललाई जनप्रतिनिधि तथा कार्यकर्ताहरुले त्रिशूली नदीमा गत भदौ १० गते वुत्रवार विहान १० वजे आएको बाढीले नुवाकोटको विदुर र वेलकोटगढी नपा तथा तारकेश्वर र किस्पाङ गापामा ठूलो जनधनको क्षति भएको जानकारी गराएका छन् । बाढीका कारण नुवाकोटमा हजारौं घर, सडक, पुल, विद्युत् संरचना तथा अन्य सार्वजनिक पूर्वाधारमा क्षति पुगेको छ भने हजारौं परिवार प्रभावित भएका छन् ।

पुर्वप्रधानमन्त्री नेपालको साथमा पुर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, वागमति प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, पुर्वमन्त्री हितवहादुर तामाङ, प्रकाश ज्वाला, महेन्द्र राययादव, वागमति प्रदेश सभा सदस्य राधिका तामाङ, पुर्व सांसदहरु विमला सुवेदी, हिरानाथ खतिवडा, जनप्रतिनिधिलगायतको टोलीले बाढीले पारेको क्षतिको जानकारी लिनुका साथै बाढी पीडितहरुलाई राहत वितरणमासमेत सहभागी भएको थियो । बाढीबाट भएको क्षतिको यथार्थ अवस्था बुझेर प्रभावित क्षेत्रको पुनःस्थापना तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणका लागि आवश्यक पहल गर्ने जनाएको छ ।






















































