आगजनीले दुई घर ध्वस्त

– लाखौंको नोक्सान
लोकखबर
२०८२ कार्तिक ४, मंगलवार १४:१३

बिदुर- नुवाकोटको पुर्वी भेगमा रहेको ओखरपौवाको जल्किनीमा आगजनी भएको छ । आगजनीवाट लाखौंको धनमाल जलेर नष्ट भएको छ ।

सदरमुकाम विदुरदेखि ५५ किलोमिटर पुर्वमा रहेको ककनी गाउंपालिका १ जल्किनिमा मगलवार स्थानीय बलराम बलामी र गाउंले वलामीको घर आगजनीमा परि जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पहिले बलराम बलामीको २ तले घरमा करेन्ट सर्ट भई आगलागी हुँदा उक्त घरसँगै जोडिएको छिमेकी गाउले बलामीको २ तले घरमासमेत आगलागी भएको कारण दुवै घर जलेर क्षति भएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।

आगजनी हुंदा दुवै घर पुर्णरुपमा क्षति भएको छ भने बलराम बलामीको घरमा रहेको किराना पसल, धान, मकै, कोदो, गँहु, भाडाबर्तन, लत्ताकपडा र गाउले बलामीको घरमा रहेको धान, मकै, कोदो, गँहु, भाडाबर्तन, लत्ताकपडा, पुर्णरुपमा जलेर ध्वस्त भएको डिएसपि लामाले वताए । उनका अनुसार दुवैको घरमा नगद रुपैयासमेत जलेर नष्ट भएको छ ।

स्थानीयवासी, सर्वसाधारण र प्रहरीले आगो निभाएका थिए । तिहारको समयमा वालिएको वत्तिको करेण्ट सर्ट हुंदा आगजनी भएको अनुमान गरिएको प्रहरीको भनाई छ ।


सर्वाधिक रुचाइएको